थप ३५ जनामा सङ्क्रमण, एकको मृत्यु

काठमाडौं, चैत ८ गते । पछिल्लो २४ घण्टामा ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चार हजार ४९५ जनाको पीसीआर परीक्षण गर्दा ३५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

त्यसैगरी, दुई हजार ९९ जनाको एन्टिजेन परीक्षण गर्दा नौ जनामा सङ्क्रमण देखिएको छ । पीसीआर र एन्टिजेन गरेर छ हजार ५९४ जनाको परीक्षण गर्दा कुल ४४ जनामा सङ्क्रमण देखिएको छ ।

२४ घण्टामा ४८१ जना सङ्क्रमण मुक्त भएका छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा एक जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५१ पुगेको छ ।

अहिले देशभर २६ हजार ६८८ जना सक्रिय सङ्क्रमित छन् । २४ घण्टामा ७३ हजार ६४२ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter