कान्छीमायालाई ७२ वर्षमा नागरिकता

चित्र मिजार / सिन्धुपाल्चोक, भदौ ५ गते । बलेफी गाउँपालिका –७ का कान्छीमाया तामाङलाई ७२ वर्षको उमेरमा नेपाली नागरिकता प्राप्त भएको छ । वडा अध्यक्ष गृबिन्द्र चौलागाइँले वडा मुचुल्का गरेर तामाङलाई नागरिकता दिलाउनु भएको हो । अविवाहित कान्छीमाया आफ्नो दिदीको छोरा रामबहादुर तामाङको आश्रयमा बस्दै आउनुभएको छ । बलेफी गापा –७ चिम्लिङबाट खाडीचौरस्थित वडा कार्यालय हुँदै सदरमुकाम चौतारा पु¥याई जिल्ला प्रशासन कार्यालयबाट नागरिकता दिलाएको वडा अध्यक्ष चौलागाइँले जानकारी दिनुभयो ।

वडा अध्यक्षको ब्यक्तिगत खर्चमा तामाङलाई सदरमुकाम लगेर नागरिकता दिनेकाम भएको हो । कान्छीमायाले पहिलो पटक गाडी चढेको बताउनुभएको छ । नागरिकता प्राप्त भएपछि कान्छीमाया खुशी भएको रामबहादुरले बताउनुभयो ।

कान्छीमायालाई ७२ बर्षसम्म नागरिकता नपाउँदा नागरिक हुनुबाट बञ्चित हुनुपरेको, राज्यबाट पाउने सेवा सुबिधाबाट बञ्चित हुनुपरेको थियो । कान्छीमाया बलेफी गापा–७ का धतुरे तामाङकी कान्छी छोरी हुनुहुन्छ ।

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter