उपत्यका प्रहरीको चाडपर्वलक्षित सुरक्षा योजना तयार

दीपा चाैधरी / काठमाडौं, असोज ३ गते । उपत्यका प्रहरीले चाडपर्वलक्षित सुरक्षा योजना तयार गरेको छ । दशैँ तिहार र छठलाई लक्षित गरेर प्रहरीले विशेष सुरक्षा योजना तयार गरेको बताएको छ । काठमाडौं महानगरपालिका लक्षित सुरक्षा योजना असोज ४ गते अर्थात् मंगलबारदेखि लागू हुने जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीले बताउनुभयो ।

उहाँका अनुसार प्रहरी र नागरिकको जिम्मेवारी बराबर शान्ति सुरक्षामा प्रहरीको सरोकार हुने भएकाले सम्पूर्ण उपत्यका बासीलाई सुरक्षित र सचेत रहन अनुरोध गरिएको छ । सुरक्षा योजनाका लागि प्रत्येक नागरिकले आफ्नो घर, भाडामा वा काममा बस्ने व्यक्तिको नाम, थर, स्थायी वतन र फोटोसहितको बिवरण राख्नुपर्ने हुन्छ । उहाँले भन्नुभयो, “नाम थर, स्थायी वतन र फोटोसहितको बिवरण राख्दा भोलि हुने जुनसुकै घटनाका लागि सहज हुन्छ ।” भोलि के हुन्छ । कसैलाई थाहा नहुने हुँदा सतर्कताका लागि प्रहरीले बिवरण राख्न सबैलाई अनुरोध गरेको उहाँले बताउनुभयो ।

प्रहरीले आफ्नो घर र टोलमा शंकास्पद व्यक्तिको गतिविधि देखिए तुरुन्त खबर गर्न पनि अनुरोध गरेको छ । चाडपर्वमा पाकेटमार, चोरी, डकैती र लुटपाटका घटना धेरै हुने हुँदा बैंक बित्तीय संस्था, भीडभाड हुने ठाउँ, मेला लाग्ने ठाउँ र मठमन्दिर लगायतका भित्री क्षेत्रमा प्रहरीको संख्या बढाउने र चेक प्वाइन्टमा गस्ती खटाउने तयारी गरेको प्रहरीले बताएको छ ।

प्रहरीको विशेष सुरक्षा योजनाअन्तर्गत प्रहरी सुरक्षाकर्मी परिचालित हुनेछन् । दशैँ मान्न गाउँ जाने सर्वसाधारणको संख्या बढी हुनेभएकाले बस्दैआएको घर तथा डेरालाई लक्षित गरेर प्रहरी परिचालन हुने प्रवक्ता मैनालीले बताउनुभयो । जुवा, तास खेल्ने बारेमा प्रहरीलाई समयमै खबर गर्न उहाँले आग्रह गर्नुभयो ।

सार्वजनिक स्थानमा धुमपान, मद्यपान गर्ने कार्यलाई निरुत्साहित गर्दै लागूऔषध, नशालु पदार्थ सेवन तथा वेचविखन गर्नेबारे पनि प्रहरीलाई जानकारी गराउन उहाँको अनुरोध गर्नुभयो । मादक पदार्थ सेवनगरी सवारी साधन चलाउनेलाई कडा कारबाही गर्ने भन्दै जथाभावी पार्किङ नगरी ट्राफिक नियमको पालना गर्न सबैमा उहाँले अनुरोध गर्नुभयो ।

मैनालीका अनुसार कुनै अपरिचित व्यक्तिले दिएको खानेकुरा नखाने नचिनेको व्यक्तिले घरको ढोकामा आवाज दिएमा नखोल्ने, आफ्नो घर, टोल, छिमेकमा आपत्कालीन साइरन र सिसिटिभी क्यामेरा जडान गरी सुरक्षित रहनु पर्नेछ । विद्युतीय माध्यमबाट मात्र आर्थिक कारोवार गर्ने, नगदबाट गर्नुपर्दा उच्च सावधानी अपनाउने र धम्कीपूर्ण फोन आएमा रेकर्ड गर्न मिल्नेसम्म रेकर्ड गरी फोन नम्बरसहित प्रहरीलाई खबर गर्न उहाँले आग्रह गर्नुभयो ।

रातको समयमा घरको गेट, ढोकाको चुकल, कब्जा राम्रोसँग बन्द गर्ने, लामो समयका लागि घर बाहिर जानुपरेमा विश्वासिलो छिमेकी वा नजिकको प्रहरीलाई जानकारी गर्ने, सकेसम्म नगद, बहुमुल्य सामान र गरगहनाहरु घरमा नराख्ने, दशैं तिहारका लागि गाउँ जानलागेको उल्लेखगरी सामाजिक सञ्जालमा पोष्ट नगर्नसमेत प्रहरीले सर्वसाधारणमा अनुरोध गरेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food

Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401

Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa

Counter:
Web Counter