त्रिभुवन विमानस्थलको पाँच किलोमिटरभित्र ड्रोन उडाए कारबाही हुने

काठमाडौं, असोज १५ गते । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पाँच किलोमिटर क्षेत्रभित्र ड्रोन उडाउनेलाई कारबाही गरिने जनाएको छ ।

विमानस्थलको पाँच किलोमिटर क्षेत्रभित्र ड्रोन उडाउने कार्यले विमानको उडान सुरक्षामा गम्भीर असर पर्ने भन्दै उक्त कार्य नगर्न/नगराउन प्राधिकरणले आग्रह गरेको छ ।

नेपाल नागरिक उड्डययन प्राधिकरणले एक सूचना जारी गर्दै त्रिभुवन विमानस्थलको पाँच किलोमिटर क्षेत्रभित्र ड्रोन नउडाउन एक सूचना प्रकाशित गरी जानकारी गराएको र उक्त सूचनाको अटेर गरेमा कानूनअनुसार कडा कारबाही गरिने चेतावनी दिएको छ ।

ड्रोन उडानसम्बन्धी नियम २०२१ ले विमानस्थलको आसपास ड्रोन उडाउन बन्देज गरे पनि पछिल्लो केही समययता उक्त नियमलाई अटेर गरी ड्रोन उडाउने कार्य भइरहेको पाइएकाले ड्रोन उडाउन बन्द गरिएको प्राधिकरणको भनाइ छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter