पूर्ण प्रेस स्वतन्त्रताप्रति आयोग स्पष्ट छ : प्रमुख आयुक्त थपलिया

काठमाडौं, असोज २८ गते । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संविधानप्रदत्त पूर्ण प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकप्रति आयोग पूर्णतः स्पष्ट रहेको बताउनुभएको छ । आयोगले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्न लागेको भन्ने मनोगत प्रकारका मिथ्या सूचना प्रवाह नगर्न उहाँले आग्रह गर्नुभएको छ ।

आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि आजदेखि सञ्चालनमा ल्याएको निर्वाचन इ—बुलेटिन र कल सेन्टरको शुभारम्भ कार्यक्रममा प्रमुख आयुक्त थपलियाले सो आग्रह गर्नुभएको हो । आयोग आफ्नो संवैधानिक दायित्व, प्रेस स्वतन्त्रताको हक र सम्बन्धित निकायको जिम्मेवारीप्रति आफूहरू स्पष्ट छ उहाँले भन्नुभयो ।

सञ्चारमाध्यमका अन्तर्राष्ट्रिय मूल्य र मान्यताप्रति आयोगले सधैँ सम्मान गर्ने र आयोगका औपचारिक दस्ताबेजमा निर्वाचनको वातावरण र यसलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन आम सञ्चारमाध्यमको महत्त्वपूर्ण भूमिका रहेको स्पष्ट उल्लेख गरिएको उहाँले स्मरण गराउनुभयो ।

“आयोगका बारेमा कतिपय मिथ्या सूचना आएकामा हामी गम्भीर भएका छौँ” प्रमुख आयुक्त थपलियाले भन्नुभयो, “हामी कसैको निगरानी गर्दैनौँ । हामी सञ्चारमाध्यमलाई हाम्रो पनि निगरानी गरिदिन आग्रह गर्दछौँ ।”

सानातिना विषयलाई विवादमा ल्याएर निर्वाचनको स्वच्छतालाई खलबल्याउन सक्छु भन्ने कसैले सोचेको छ भने त्यो दिवास्वप्न मात्रै हुने उहाँले बताउनुभयो । “असल प्रयत्नलाई गलत रूपमा नबुझ्न म आग्रह गर्दछु” प्रमुख आयुक्त थपलियाले भन्नुभयो ।

प्रेस काउन्सिल नेपाल, ऐन २०४८ बमोजिम काउन्सिलले गहनतापूर्वक पत्रकार आचारसंहिताको अनुगमन गरोस् र त्यसबारे आयोगलाई जानकारी गराओस् भनेर निर्देशन दिने निर्णय भएको पनि उहाँले स्पष्ट पार्नुभयो । प्रमुख आयुक्त थपलियाले काउन्सिल सशक्त होस् र पत्रकार आचारसंहिता बमोजिम सञ्चारमाध्यमलाई स्वनियमन र स्वमूल्याङ्कन गराउन काउन्सिलले पहल गरोस् भन्ने आयोगको चाहना रहेको उहाँले बताउनुभयो ।

स्वनियमन र स्वमूल्याङ्कनलाई प्रभावकारी बनाउँदा सञ्चारमाध्यमलाई कसैले निर्देशन दिइरहनु वा उसमाथि अनुगमन गरिरहनु नपर्ने प्रमुख आयुक्त थपलियाको भनाइ छ ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter