अञ्जली ‘दिदी’ को सामूहिक भाइटीका

मनोजरत्न शाही / काठमाडौं, कात्तिक १० गते । वि.सं. २०५५ सालदेखि निरन्तररुपमा सामूहिक भाइटीका लगाउँदै आउनुभएको अञ्जली दिदीले यस सामाजिक कार्यलाई यसपालि पनि निरन्तर दिनुभएको छ ।

भाइटीका भनेको लिनु र दिनु मात्र नभई श्रद्धा, माया र भावना साटासाट गरेको मनाउने उत्सव हो भन्नुहुने अञ्जली दिदी लामो समयदेखि सामूहिक भाइटिका लगाउँदै आउनुभएको हो ।

दशैं सकिएलगत्तै सामूहिक भाइटीको तयारीमा जुट्नु हुने अञ्जली दिदीले भाइटीकाका लागि नेवार समुदायमा नभई नहुने ‘जंजका’ आफैँ बनाउँदै आएको छ ।

हरेक वर्ष दिदीबहिनी नभएका दाजुभाइलाई उहाँले टीका लगाउँदै आउनुभएको छ । यस वर्ष पनि अञ्जली दिदीले दुई सयभन्दा बढी दाजुभाइलाई भाइटीका लगाइदिनु भयो । जसमा नेपाल नेपाल घुम्न आएका विदेशीहरु समेत थिए ।

विराटनगर निवासी वर्ष ७० का राम श्रेष्ठले आफ्ना पाँच दाजुभाइ भए पनि दिदीबहिनी नभएका कारण लामो समयदेखि अञ्जली दिदीको हातबाट टीका लगाउँदै आएको बताउनुहुन्छ ।

मनमा श्रद्धा लिएर हरेक वर्ष दिदीको हातबाट भाइटीका थाप्न काठमाडौं आउने गरेको श्रेष्ठको भनाइ छ । यसैगरी, सप्तरीका श्याम मण्डल पनि विगत १५ वर्षदेखि अञ्जली दिदीको हातबाट भाइटीका लगाउँदै आउनुभएको छ । हरेक वर्ष सामूहिक भाइटीकामा सम्मिलित भई दिदीको हाटबाट टीका लगाउँदै आएको मण्डलको भनाइ छ ।

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter