अर्थतन्त्रलाई संकटबाट जोगाउन उत्पादनमा जोड दिनुपर्छ : अर्थविद्

काठमाडौं, कात्तिक १७ गते । नेपालको अर्थतन्त्र संकटबाट जोगाउन उत्पादनमा ध्यान दिनुपर्नेमा अर्थविद्हरुले जोड दिएका छन् ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण विश्वका अधिकांश राष्ट्र आर्थिक संकटमा फसिरहेको अवस्थामा नेपाल पनि त्यसबाट अछुतो रहन सकेको छैन । केही समय अघि मात्र छिमेकी राष्ट्र श्रीलंकको अर्थतन्त्र शून्यमा झरेको थियो । जसको कारण श्रीलंकाका जनता आक्रोशित बनेर राष्ट्रपतिका विरुद्ध आक्रोशित बन्न पुग्दा श्रीलंकाली राष्ट्रपतिले देशै छाडेर भाग्नुपरेको थियो ।

नेपालमा वर्षेनि व्यापार घाटा बढिरहेको र विदेशी मुद्राको सञ्चिती घटिरहेको कारण नेपालको अर्थतन्त्र पनि संकटमा फस्ने अनुमान अर्थ विश्लेषकहरुले गर्न थालेको छन् ।

अर्थसचिव रामेश्वर दंगालले भारतले निर्यातमा लगाएको प्रतिबन्धका कारण नेपालमा चिनीको तस्करी बढेको बताउनु भयो । ‘उहाँले भन्नुभयो, ‘‘अहिले भारतले चिनीको निर्यातमा लगाएको प्रतिबन्धले नेपालमा चिनीको चोरी पैठारी बढेको हो कि भन्ने हाम्रो तथ्यांक छ, बजारमा चिनीको उपलब्धतालाई हेरेर त्यस्तो देखिन्छ’ उहाँले भने, ‘बजारमा चिनीसँगै लत्ता कपडाको पनि चोरी पैठारी बढेको देखिन्छ ।’

यस्तै राजस्व घट्नुमा गाडी, १५० सिसीभन्दा माथिका मोटरसाइकल, मदिरा र निश्चित रकमभन्दा बढीको मोबाइल आयातमा लगाएको प्रतिबन्धले पनि राजस्वमा प्रभाव परेको उहाँको भनाइ छ ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठले अहिले तरलता अभाव नभएको तर लगानी योग्य रकमको अभाव भने रहेको छ भन्नुभयो । नेपालमा आयातका लागि पैसा बाहिर जाँदा तरलता अभाव जस्तो देखिएको उहाँको भनाइ छ । अहिले विदेशी विनिमय सञ्चिति घटेको भए पनि पहिला जस्तो डराउनु पर्ने अवस्था छैन रविदेशी विनिमय सञ्चिति नबढे तरलता सहज नहुने श्रेष्ठको भनाइ छ । नेपालमा घर जग्गा, सेयर बजारजस्ता अनुत्पादक क्षेत्रमा लगानी बढेको छ र नेपालमा भएको लगानी कहाँ गएको छ भनेर खोज्न आवश्यक रहेको उहाँले बताउनु भयो ।

बैंकर्स संघका अध्यक्ष अनिल कुमार उपाध्यायले आगामी दिनमा पुँजीबजार, ऋण पत्रलाई स्थिर बनाउनु पर्ने, भेन्चर क्यापिटललाई बजारमा ल्याउनु पर्ने र यी क्षेत्रबाट पैसा संकलन गरेर सरकारलाई चाहिने स्रोतलाई बलियो बनाउने सकिने बताउनुभयो ।

नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेलले अहिले बैंकिङ प्रणालीमा देखिएको तरलता अभाव हटाउन राष्ट्र बैंकले विदेशबाट फन्ड ल्याउन सहयोग गर्नुपर्ने बताउनु भयो । अध्यक्ष पौडेलले राष्ट्र बैंकले बाहिरबाट फन्ड ल्याउन सहयोग गरे क्रमिकरुपमा तरलता सहज बन्दै जाने धारणा राख्नुभयो । अध्यक्ष पौडेलले वैदेशिक मुद्रा बढाउन बिप्रेषणमा मात्रै भर पर्नुभन्दा पनि निर्यातमा जोड दिनुपर्ने बताउनुभयो ।

यसैगरी, अर्थविद् डा. चन्द्रमणि अधिकारीले पत्रकारहरुले सरकारले ल्याउने बजेटसम्बन्धी पूर्ण रिपोर्टिङ्ग गर्नुपर्नेमा जोड दिनुभयो ।

बिहीबार राजधानीमा आयोजित तराई विकास तथा सञ्चार केन्द्र नेपालले नेपालको वर्तमान आर्थिक अवस्था र सुधारका लागि सञ्चारकर्मीले खेल्नुपर्ने भूमिका विषयक कार्यक्रममा बोल्दै अर्थविद्हरुले सो कुरा बताएका हुन् ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter