७० वर्षपछि ज्येष्ठ नागरिक जुल्फेलाई नागरिकता

चित्र मिजार / सिन्धुपाल्चोक, मङ्सिर ४ गते । बलेफी गाउँपालिका–८ का बोल्न नसक्ने ७० वर्षीया (आवाजविहीन) जुल्फे तामाङलाई ७० वर्षपछि नेपाली नागरिकता प्रदान गरिएको छ ।

तामाङ २००९ जेठ २० गते जन्मेको आधारमा जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले नागरिकता दिलाइएको छ ।

उक्त वडाका अध्यक्ष रमेशकुमार श्रेष्ठले वडा मुचुल्का उठाएर वंशजको आधारमा तामाङलाई नागरिकता दिलाएको जानकारी दिनुभयो ।

जुल्फेका बुबा लेम्बा तामाङ, आमा पोक्ची तामाङ रहेको खुल्न आएको वडाध्यक्ष श्रेष्ठले बताउनुभयो ।

उहाँ परिवारविहीन रहनुभएको छ । उहाँको बुबाआमा, दाजुभाइ, आफन्त घर, सम्पत्ति केही छैन ।

नेपाली नागरिकता पाएपछि तामाङ फुरुङ्ग हुनुहुन्छ ।

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter