मुस्ताङमा कांग्रेस उम्मेदवार विजयी; १२ जिल्लाका मतपेटिका संकलन हुनै बाँकी, ९७ निर्वाचन क्षेत्रका गणना जारी


काठमाडौँ, मङ्सिर ५ गते । नेपाली कांग्रेसले मुस्ताङका सबै निर्वाचन क्षेत्र जितेको छ।

एक प्रतिनिधि सभा र दुइटा प्रदेश सभा कांग्रेसका उम्मेदवार विजयी भएका छन्।

प्रतिनिधि सभामा २९ वर्षका योगेश गौचन थकाली विजयी भए। उनले नेकपा एमालेका उम्मेदवार प्रेमप्रसाद तुलाचनलाई हराएका हुन्।

थकालीले ३९९३ मत ल्याए भने तुलाचनले ३०७८ मत ल्याएका थिए।

प्रदेश सभा क्षेत्र (क) मा कांग्रेसका ३३ वर्षका उम्मेदवार नम्डु गुरूङ विजयी भएका छन्। नम्डुले १०४८ मत ल्याए भने एमालेका उम्मेदवार इन्द्रधारा विष्टले ७९३ मत ल्याएका छन्।

प्रदेश सभा क्षेत्र (ख) मा कांग्रेसका ३९ वर्षे उम्मेदवार बिकल शेरचन विजयी भएका छन्। उनले २ हजार ७ सय २३ मत ल्याए भने एमालेका उम्मेदवार चन्द्रमोहन गौचनले २ हजार पाँच सय ६५ मत ल्याएका थिए।

मुस्ताङमा सात हजार २ सय ६९ मत खसेको थियो। एमालेबाट उम्मेदवार बनेका तीनै जना निवर्तमान सांसद हुन्।नामा नेपालमा ६४ प्रतिशतले विदेशी लगानी घटेको पाइएको छ। गत आवको असोजसम्म नेपालले पाँच अर्ब ३० करोड रुपियाँ लगानी भित्र्याएको थियो। यो चालू आवमा भित्रिएको विदेशी लगानीको तुलनामा तीन अर्ब ४१ करोड रुपियाँले बढी हो। गत आवभर भने नेपालले १९ अर्ब २१ करोड रुपियाँ विदेशी लगानी भित्र्याएको थियो। यस हिसाबले नेपालमा विदेशी लगानीमा सङ्कुचन आएको देखिन्छ।

लाभांशबाहेक समीक्षा अवधिमा यातायात, भ्रमण र शिक्षा शीर्षकमा पनि ठूलो मात्रामा रकम बाहिरिएको देखिन्छ। तथ्याङ्कअनुसार असोजसम्म यातायात शीर्षकमा नेपालबाट २२ अर्ब ३९ करोड रुपियाँ बाहिरिएको थियो। त्यस्तै भ्रमण शीर्षकमा २६ अर्ब रुपियाँ बाहिरिँदा वैदेशिक शिक्षाका लागि १७ अर्ब ८८ करोड रुपियाँ बाहिरिएको देखिन्छ। नेपालबाट सबैभन्दा धेरै आयातका लागि रकम बाहिरिने गर्छ। तीन महिनासम्म नेपालबाट वस्तु आयातका लागि तीन खर्ब ८८ करोड रुपियाँ बाहिरिएको छ। आयातकै लागि ठूलो रकम बाहिरिँदा मुलुकको चालू खाता तीन महिनासम्म ३४ अर्ब रुपियाँले घाटामा रहेको छ।

१२ जिल्लाका मतपेटिका संकलन हुनै बाँकी, ९७ निर्वाचन क्षेत्रका गणना जारी

प्रतिनिधि सभाका ९७ निर्वाचन क्षेत्रमा मतगणना जारी रहेको छ। संयुक्त निर्वाचन परिचालन केन्द्रको विवरण अनुसार ६८ वटा निर्वाचन क्षेत्रमा गणना हुन बाँकी रहेको छ।

१२ वटा जिल्लामा मतपेटिका संकलननै बाँकी रहेको छ। सोलुखुम्बु, संखुवासभा, डोल्पा, बाजुरा,मुगु, कालिकोट, दार्चुला सहित अन्य जिल्लाका मतपेटिका संकलन गर्न नसकिएको संयुक्त निर्वाचन परिचालन केन्द्रले जनाएको छ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter