कृषि मन्त्रालयको २३ प्रतिशत बजेट खर्च

काठमाडौँ, मङ्सिर ६ गते । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा साढे २३ प्रतिशत बजेट खर्च गरेको छ ।

मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा प्रस्तुत प्रतिवेदनमा बजेट खर्च २३.६३ प्रतिशत भएको उल्लेख छ ।

चालू आवका लागि मन्त्रालयलाई ५५ अर्ब ८९ करोड रुपियाँ बजेट विनियोजन गरिएको थियो । पहिलो त्रैमासिक अवधिमा १३ अर्ब २० करोड रुपियाँ बराबर बजेट खर्च भएको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयले चालूतर्फ १३ अर्ब आठ करोड दुई लाख ३८ हजार रुपियाँ र पुँजीगततर्फ १२ करोड ४९ लाख ८९ हजार रुपियाँ बराबर मात्रै खर्च गरेको समीक्षा प्रतिवेदनमा उल्लेख छ ।

मन्त्रालयका अनुसार गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको पहिलो त्रैमासमा कृषि उपजको आयात ३२ प्रतिशतले घटेको छ । असोज मसान्तसम्ममा ६९ अर्ब १६ करोड रुपियाँ बराबरको कृषि उपज आयात भएको छ ।

सो अवधिमा एक खर्ब १६ करोड रुपियाँ बराबरको कृषि उपज आयात भएको थियो । मन्त्रालयको गत आर्थिक वर्षसम्ममा फर्स्योट हुन बाँकी रहेको बेरुजु आठ अर्ब २० करोड ४७ लाख ७७ हजार रहेको थियो । पछिल्लो तीन महिनामा ९२ करोड ७३ लाख ४६ हजार फर्स्योट भएर अहिले सात अर्ब २७ करोड ७४ लाख ३१ हजार बेरुजु कायम रहेको पनि मन्त्रालयले जनाएको छ ।

चालू आर्थिक वर्षका लागि रासायनिक मल खरिद गर्न १५ अर्ब रुपियाँ निकासा भएकोमा असोज मसान्तसम्ममा १० अर्ब ७७ करोड रुपियाँ बराबरको मल आयातका लागि रकम निकासा भइसकेको पनि मन्त्रालयले जनाएको छ ।

पहिलो त्रैमासिक अवधिमा कुल दुई लाख ५७ हजार मेट्रिक टन रासायनिक मल खरिद गर्नका लागि ठेक्का लगाइएकोमा ९७ हजार मेट्रिक टन रासायनिक मल आयात भइसकेको मन्त्रालयले जनाएको छ ।

तीन महिनामा उखु किसानलाई उखु उत्पादन अनुदान वितरण गर्न विभिन्न आठ जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालयमा ७३ करोड ८७ लाख ४७ हजार रुपियाँ बजेट हस्तान्तरण भइसकेको मन्त्रालयले जनाएको छ । प्रतिक्विन्टल उखुको पाँच सय २० रुपियाँ न्यूनतम समर्थन मूल्य तोकिएको छ भने सरकारले प्रतिक्विन्टल ७० रुपियाँ अनुदान उपलब्ध गराउने गरेको छ । कृषि बीमा प्रिमियम शुल्क अनुदानबापत चालू आर्थिक वर्षका लागि १६ करोड बजेट विनियोजन गरेकोमा असोज मसान्तसम्ममा ७८ लाख १४ हजार रुपियाँ भुक्तानी भएको मन्त्रालयले जनाएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter