उज्यालो ओखलढुङ्गाको अभियानमा जनप्रतिनिधि

काठमाडौं, मङ्सिर १९ गते । ओखलढुङ्गाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य रामहरि खतिवडा र प्रदेश सभा सदस्यद्वय प्रदीपकुमार सुनुवार र बाबुराम गौतमले उज्यालो ओखलढुङ्गाको नारालाई सफल बनाउने अभियान सुरु गर्नुभएको छ ।

ओखलढुङ्गा जिल्लाभरिमै विद्युत् प्रसारण लाइन विस्तार गर्न आज विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङलाई भेटेर उहाँहरूले जिल्लाको वस्तुगत अवस्थाबारेमा जानकारी गराउनु भएको छ । चुनावी अभियानमा उहाँहरूले उज्यालो ओखलढुङ्गाको नारा दिनुभएको थियो ।

नवनिर्वाचित सांसद एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य खतिवडाले ओखलढुङ्गामा ७५ वटा वडामध्ये नगरपालिकाकै केही वडामा अझै विद्युत् पुराउन नसकेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिकामा त अझै केन्द्रीय विद्युत् लाइन नै पुगेको छैन, समग्रमा सबै गाउँ पालिकाको केन्द्रमा विद्धुत पुगे पनि धेरै गाउँमा बाँकी छ । तपाईँको नेतृत्वमा एक वर्षभित्र सबै वडामा विद्युतीकरण गरिदिन आग्रह गर्दछु ।’’

भेटमा कार्यकारी प्रमुख घिसिङले एक अर्ब रुपियाँ बोलपत्र आह्वान भइसकेको र ओखलढुङ्गामा छिटोभन्दा छिटो बत्ती पुराउने प्रतिबद्धता जनाउनु भएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter