आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि स्वदेशी उत्पादन वृद्धि गर्नु आवश्यक छ : राष्ट्रपति भण्डारी

काठमाडौं, मङ्सिर २३ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि स्वदेशी उत्पादन वृद्धि गर्न आवश्यक रहेको बताउनुभएको छ ।

शुक्रबार नेपाल हस्तकला महासंघले आयोजना गरेको १९ औं हस्तकला व्यापार मेलालाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति भण्डारीले मुलुकभित्र उपलब्ध स्रोत र साधनको दिगो उपयोग गर्दै स्वाधिन र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न स्वदेशी उत्पादन वृद्धि गर्न आवश्यक रहेको बताउनुभएको हो ।

राष्ट्रपति भण्डारीले भन्नुभयो, ‘‘हस्तकलाको माध्यमबाट नेपालको सभ्यता, कला र संस्कृतिको संरक्षण तथा संवर्द्धनको साथै नेपालको पहिचान र गरिमालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न सकिन्छ । हस्तकला उद्योगको विकास र विस्तारबाट मुलुकको विशिष्ट पहिचान गर्न सकिन्छ भने नेपालको आर्थिक सामाजिकलगायत समग्र राष्ट्रिय विकासका लागि महत्त्वपूर्ण योगदान पुर्‍याउन सकिन्छ । हस्तकला क्षेत्रले रोजगारी सिर्जनामा समेत महत्त्वपूर्ण भूमिका खेल्दै आएको हुनाले हस्तकला उद्योगलाई नेपालको तुलानात्मक लाभको क्षेत्र मान्न सकिन्छ । मुलुकभित्र उपलब्ध स्रोत र साधनको दिगो उपयोग गर्दै स्वाधिन र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न स्वदेशी उत्पादनमा वृद्धि गर्नु अति आवश्यक छ ।’’

उहाँले नेपाली श्रम, सीप र कच्चा पदार्थबाट नेपालमा नै उत्पादित सामग्रीको निकासीलाई प्रवर्द्धन गर्नसके मात्र मुलुकको व्यापार घाटालाई सन्तुलनमा ल्याउन सकिने धारणा व्यक्त गर्नुभयो ।

राष्ट्रिपति भण्डारीले निर्यातमा आधारित हस्तकला उद्योगले मुलुकको दिगो आर्थिक विकास गर्न महत्त्वपूर्ण योगदान गर्नसक्ने औंल्याउनुभयो । उहाँले नेपाली हस्तकलाले देशको सामाजिक तथा सांस्कृतिक विविधतालाई विश्वमा चिनाउने माध्यम भएकाले यसको विस्तार गर्न आवश्यक रहेको बताउनुभयो ।

उहाँले हस्तकला उद्योगलाई उत्पादनको तहसम्म पुर्‍याउन र बजार विस्तार गर्न सम्बन्धित सबैको साझा पहल आवश्यक रहेको जानकारी दिनुभयो । राष्ट्रपति भण्डारीले हस्तकलाको माध्यमबाट नेपालको सभ्यता, कला र संस्कृतिको संरक्षणका साथै नेपालको गरिमालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न सकिने बताउनुभयो । हस्तकला उद्योगको विकास र विस्तारले नेपालको आर्थिक सामाजिकलगायत समग्र राष्ट्रिय विकासका लागि महत्त्वपूर्ण योगदान पुर्‍याउने बताउनुहुँदै राष्ट्रपति भण्डारीले हस्तकला क्षेत्रले रोजगारी सिर्जनामा समेत महत्त्वपूर्ण भूमिका खेल्नसक्ने बताउनुभयो ।

‘‘नेपाली श्रम, सीप र कच्चा पदार्थबाट नेपालमा नै उत्पादित सामग्रीहरुको निकासीलाई प्रवर्द्धन गर्नसके मात्र हाल मुलुकले भोगिरहेको व्यापार घाटालाई सन्तुलनमा ल्याउन सकिन्छ । निर्यातमा आधारित हस्तकला उद्योगको क्षेत्रबाट सरकारले लक्ष्य हासिल गर्नसक्छ ।,’’ राष्ट्रपति भण्डारीले थप्दै भन्नुभयो, ‘‘देशको सामुदायिक संस्कृतिक विविधतालाई समेट्ने नेपाली हस्तकलाका सामग्रीलाई विश्वमा पृथक नमूनाका रुपमा स्वीकार गरिन्छ । यसलाई अझै विस्तार गर्नु आवश्यक छ ।’’

राष्ट्रपति भण्डारीले हस्तकला उद्योगबाट उत्पादन हुने वस्तुको बजार विस्तारका लागि आवश्यक नीति तथा कानुनलाई सरकारले सहजता दिनुपर्ने बताउनुभयो । उहाँले सम्पूर्ण नेपालीले मुलुक भित्र उत्पादन भएका वस्तुको उपभोग गर्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

राष्ट्रपति भण्डारीले मुलुकको विद्यमान बेरोजगारी समस्या समाधान गर्न र युवा जनशक्ति पलायनलाई रोक्न व्यवसायिक तालिमको प्रवर्द्धन गर्दै लैजान आवश्यक रहेको पनि बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter