लैनचौरमा मेलम्चीको पाइप फुट्यो, सडक जलमग्न

काठमाडौं, मङ्सिर २६ गते । मेलम्ची खानेपानी आयोजनाले वितरण गरेको पानीको चाप बढेपछि काठमाडौंको लैनचौर क्षेत्रमा पानीको पाइप फुटेर सडक जलमग्न भएको छ ।

लैनचौरको ब्याङकेट भवन अगाडि मूल सडकमा विच्छ्याइएको आयोजनाको पाइप फुट्दा सडक जलमग्न भएको हो । यसले गर्दा सडक भत्किनुका साथै सडकमा पानीको भल बगेको स्थानीयवासीले गुनासो गरेका छन् ।

खानेपानीको पाइपबाट पानी चुहावट हुँदा सडक जलमग्न हुनुको साथै पैदल यात्रु र सवारी आवागमन प्रभावित भएको छ । त्रिपुरेश्वर, नागस्थान, पुरानो बसपार्क, जमल, केशरमहल, खानिविभाग, टुकुचा, संग्राहलय दक्षिणगेट र लैनचौर चोकमा सवारी साधन जाममा परेका छन् ।

यस्तै, सवारी साधनको सङ्ख्या बढेका कारण थापाथली, भद्रकाली, सिंहदरबार, टेकु, ग्वार्को, सातदोबाटो, कोटेश्वर चोकमा पनि सवारी साधन लाममा चलिरहेको ट्राफिक कन्ट्रोल रुमले जनाएको छ ।

ललितपुरको ग्वार्को चोकमा फ्लाइ ओभर निर्माण भइरहेका कारणले गर्दा आज (सोमबार) पनि बालकुमारी पुलबाट बल्खु जाने आउने यात्रुवाहक, मालवाहक तथा दुई पाङ्ग्रे सवारी साधनलाई सर्भिस लेनमा र निजी चार पाङग्रे सवारी साधनलाई फास्ट ट्र्याकबाट चलाइएको छ ।

उक्त स्थानको ट्राफिक व्यवस्थापन सहज बनाउन ट्राफिक प्रहरीले सम्बन्धित सबैमा अनुरोध गरेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter