अख्तियारद्वारा सर्वोच्च अदालतमा पुनरावेदन

काठमाडौं, मङ्सिर २६ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट भएको फैसलामाथि चित्त नबुझेपछि सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । विशेष अदालत काठमाडौंमा दायर भएका मुद्दाहरूमा विशेष अदालतबाट भएको फैसलामाथि आयोगलाई चित्त नबुझेकाले सर्वोच्च अदालतमा पुनरावेदन गरेको हो ।

आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार पुनरावेदन हुने मुद्दामा भगवान् भट्टराईमाथि रहेको राजश्व रकम बैङ्क दाखिला नगरी भ्रष्टाचार गरेको आरोप छ । यसैगरी आयोगले कारबाहीका लागि लालु गिरी, रामबहादुर दाहाल, छविलाल ढकाल, माधवप्रसाद खनाल र राजु श्रेष्ठमाथि सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

आयोगबाट विशेष अदालत, काठमाडौंमा दायर भएका मुद्दाहरूमा विशेष अदालतबाट विभिन्न मितिमा फैसला भएकामध्ये राजस्व चुहावट र सार्वजनिक सम्पत्ति हानिनोक्सानीसम्बन्धी मुद्दामा आयोगको निर्णयअनुसार मङ्सिर २५ गते सर्वोच्च अदालतमा पुनरावेदन गरिएको प्रवक्ता श्यामप्रसाद भण्डारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter