फिफा वरीयतामा नेपाल यथावत्

काठमाडौं, पुस ७ गते । विश्व फुटबल महासङ्घ (फिफा) को वरीयतामा नेपाल यथावत् स्थानमा रहेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल एक सय ७५औँ स्थानमा यथावत् रहेको हो ।

नेपाल अघिल्लो महिना पनि एम सय ७५औँ स्थानमै थियो । नयाँ वरीयता अनुसार दक्षिण एसियामा भारत अगाडि छ । भारत १०६औँ स्थानमा छ । दक्षिण एसियामा दोस्रो स्थानमा रहेको मालदिभ्स समग्र एक सय ५६औँ स्थानमा छ । भुटान एक ८५औँ, बङ्गलादेश एक सय ९२औँ, पाकिस्तान एक सय ९५औँ र श्रीलङ्का दुई सय सातौँ स्थानमा छ ।

कतार विश्वकपको विजेता अर्जेन्टिना दोस्रो स्थानमा उक्लिएको छ । यसअघि अर्जेन्टिना तेस्रो स्थानमा थियो । विश्वकपको क्वार्टरफाइनलमा पराजित ब्राजिल शीर्षस्थानमा यथावत् छ । विश्वकप उपविजेता फ्रान्स तेस्रो स्थानमा उक्लिएको छ ।

बेल्जियम चौथो स्थानमा झरेको छ भने इङ्ग्ल्यान्ड पाँचौँ स्थानमा छ । यसैगरी नेदरल्यान्ड्स, क्रोएसिया, इटाली, पोर्चुगल र स्पेन क्रमशः छैटौँदेखि दसौँ स्थानमा छन् ।

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter