निगमले सञ्चय कोषलाई बुझायो ऋणको किस्ता

काठमाडौँ,पुस १ गते । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले कर्मचारी सञ्चय कोषको ऋणको किस्ता तिरेको छ । निगमले पुस २९ गते कर्मचारी सञ्चय कोषलाई तिर्नुपर्ने ऋण दायित्वको किस्ताबापतको ३३ करोड नौ लाख ५५ हजार २८१ रुपियाँ भुक्तानी गरेको हो । निगमले कर्मचारी सञ्चय कोषबाट न्यारोबडी जहाज खरिदका निम्ति लिएको ऋणको साँवा र ब्याजबापतको रकम भुक्तानी गरेको जनाएको छ ।

यसअघि निगमले असार ३० गते एक अर्ब ३५ करोड र असोज ३१ गते ७३ करोड नौ लाख ५५ हजार २८१ रुपियाँ भुक्तानी गरेको थियो ।

निगमले असोजमा बुझाएको किस्ता कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट जहाज खरिदका निम्ति ऋण लिएकामा कर्मचारी सञ्चय कोषको हकमा न्यारोबडी जहाज खरिदको साँवा र ब्याजबापतको ५३ करोड नौ लाख ५५ हजार २८१ रुपियाँ र नागरिक लगानी कोषको हकमा वाइडबडी जहाज खरिद गर्दाको ऋण दायित्वको किस्ताबापतको २० करोड रुपियाँ गरी जम्मा ७३ करोड नौ लाख ५५ हजार २८१ रुपियाँ रहेको थियो ।

निगमले वाइडबडी जहाज किन्न नागरिक लगानी कोषबाट १२ अर्ब ऋण लिएको थियो । १५ वर्षभित्र तिरिसक्ने गरी लिइएको यो ऋणको एक वर्षमा ब्याज मात्रै एक अर्ब २६ करोड रुपियाँ तिर्नुपर्ने हुन्छ । त्यस्तै निगमले १५ वर्षकै लागि कर्मचारी सञ्चय कोषबाट पनि ११ अर्ब ९९ करोड रुपियाँ ऋण लिएको थियो । ऋण सहमतिअनुसार वाइडबडी र न्यारोबडीको ६०÷६० किस्ता तिर्नुपर्छ ।

जहाज खरिदका लागि ऋण लिँदा दुवै संस्थालाई वार्षिक चार÷चार किस्ता तिर्ने सहमतिअनुसार रकम लिएको निगमले असारभन्दा अघि २०६७ पुसमा किस्ता बुझाएको थियो ।

निगमलाई २०५४ सालदेखि ऋण लगानी गर्दै आएको नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषले सरकारको जमानीमा वाइडबडी र न्यारोबडी जहाज किन्न ऋण दिएको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter