कलाकार पल शाहलाई सफाइ

अमरराज नहर्की / तनहुँ, माघ ३ गते । तनहुँ जिल्ला अदालतले कलकार पल शाह विरुद्धको बलत्कारको मुद्दा माथि सफाइ पाउनुभएको छ । पेशी तोकेर स्थगन हुँदै आएको मुद्धामा आज सुनुवाईका क्रममा सफाइ पाउनुभएको हो ।

बलत्कार गरेको मुद्दामा दावी नपुगेकोले निर्दोस रहेको ठहर गर्दै अदालतको ३ नम्बर इजलासका न्यायाधीश कमलप्रसाद आचार्यको इजालसले शाहलाई सफाइ दिएको तनहुँ जिल्ला अदालतका श्रेस्तेदार मिनबहादुर कुँवरले जानकारी दिनुभयो ।

नायक शाहमाथि जिल्ला अदालत नवलपुरमा पनि मुद्दा थियो । तर नवलपुरले भदौ २१ गते शाहलाई बलात्कारको आरोपमा सफाइ दिँदै बालयौन दुब्र्यावहारको अभियोगमा भने साढे दुई वर्षको कैद सजाय तोकेको छ ।

गत फागुन ११ गते बालिकाका बुवाले आफ्नी छोरीमाथि शाहले पटक पटक जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिनुभएको थियो । शाह फागुन १५ गते प्रहरी कार्यालयमा आफै सम्पर्कमा आउनुभएको थियो ।

पहिले जबरजस्ती करणी गरेको भन्दै जाहेरी दिए पनि पछि पीडितले बयान फेरेकाले यो मुद्दालाई चासोका साथ हेरिएको छ । तनहुँ अदालतले निर्दोष सावित गरेर फैसला गरेपनि नवलपुरको फैसलाको कारणले गर्दा नायक शाह कारागारमा नै बस्नु पर्नेछ । नवलपुर अदालतको फैसलाविरुद्ध पनि कलाकार शाहले उच्च अदालत पोखरामा निवेदन दिनुभएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter