प्राथमिकताका आधारमा सञ्चारसम्बन्धी कानूनलाई मूर्तरूप दिनेछु : सञ्चारमन्त्री शर्मा

काठमाडौँ, माघ २३ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्राथमिकताका आधारमा सञ्चारसम्बन्धी कानूनलाई मूर्तरूप दिने बताउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घले सोमबारआयोजना गरेको ‘‘बधाई तथा शुभकामना’ कायक्रममा सरकारका प्रवक्ता शर्माले प्रविधिको विकासँगै सञ्चार क्षेत्रको नियमन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

उहाँले पुराना कानूनलाई प्रतिस्थापन गर्दै नयाँ सञ्चारसम्बन्धी कानूनलाई सरोकारवालाको प्रत्यक्ष सहभागितामा निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “महासङ्घलगायत सरोकारवाला संस्थालाई सञ्चार क्षेत्रमा रहेका नीतिगत सुधारका लागि जतिसक्दो छिटो सुझाव प्राप्त हुन्छ र त्यही आधारमा सुधार गरिँदै लैजाने तयारी भइरहेको छ ।”

सोही अवसरमा सञ्चार मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालले महासङ्घले सञ्चार प्रतिष्ठानको स्थापना गर्ने सम्बन्धमा विभिन्न चरणमा छलफल भइरहेको जानकारी दिनुभयो ।

महासङ्घका अध्यक्ष विपुल पोखरेलले संसद्मा छलफल भएका र पाइपलाइनमा रहेका सञ्चारसम्बन्धी कानूनलाई पूर्णता दिन मन्त्री शर्मालाई आग्रह गर्नुभयो । सरकारले सञ्चार क्षेत्रलाई प्रदान गर्दै आएको सहुलियत सञ्चालकले मात्र नभई श्रमजीवी पत्रकारले पनि पाउनुपर्ने अध्यक्ष पोखरेलको भनाइ थियो ।

आमसञ्चार प्रतिष्ठान, ज्येष्ठ पत्रकार सम्मान वृत्ति, मिडिया काउन्सिल विधेयकलगायत सञ्चारक्षेत्रको नीतिगत सुधारका लागि महासङ्घले दिएको सुझावका आधारमा निर्माण हुनुपर्नेमा अध्यक्ष पोखरेलले जोड दिनुभयो ।

महासङ्घका पूर्वअध्यक्ष तथा सल्लाहकार डा महेन्द्र विष्टले प्रविधिको विस्तार र पहुँचसँगै सञ्चारक्षेत्रले जनताको जीवनस्तर माथि उठाउन सहयोग पु¥याउनुपर्ने धारणा राख्नुभयो ।

महासङ्घका सल्लाहकार एवं पूर्वअध्यक्ष गोविन्द आचार्यले श्रमजीवी पत्रकारको हितका लागि प्रचलित कानूनका आधारमा विभिन्न कोष स्थापना गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले रोजगारमूलक साना लगानीका मिडिया बन्द हुने अवस्थामा रहेको, श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन नभएको भन्दै पत्रकारको बृहत्तर हितका लागि महासङ्घले पहलकदमी लिनुपर्ने बताउनुभयो ।

त्यसैगरी, महासङ्घका सल्लाहकार निर्मला शर्माले राजनीतिक क्षेत्रबाट बेलाबेला आउने अभिव्यक्तिबाट सञ्चारक्षेत्रलाई चुनौती बढ्दै गएको बताउनुभयो ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले प्रविधिको विकाससँगै हाल विकास भइरहेको नयाँ मिडियाको नियमन गर्न आवश्यक रहेको बताउनुभयो । नेपाल पत्रकार महासङ्घका महासचिव रोशन पुरीले पत्रकारको क्षमता अभिवृद्धिका लागि सञ्चार प्रतिष्ठानको तत्काल स्थापना गर्न आवश्यक रहेको बताउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter