स्वदेशमै काम खोज्ने युवाको प्रतिबद्धता

प्रकाशविक्रम शाह / धनगढी, असार २८ गते । अधिकांश युवा काम गर्न होस् वा पढ्नका लागि विदेश जाने योजना बनाउने गर्छन् । तर कैलालीको लम्कीचुहा नगरपालिका १७ वर्षीय विज्ञान सञ्जाल भने नेपालमै रोजगारी खोज्ने बताउनुभयो ।

लम्कीकै जनजागृति उच्चमाविमा विज्ञान विषय पढिरहनु भएका सञ्जालले १२ कक्षा उत्तीर्ण भएपछि सुब्बा वा खरदारका लागि लोकसेवा भिड्ने बताउनुभयो । कक्षा ११ मा ३.८२ जिपिए ल्याउनुभएका सञ्जालजस्तै लम्कीकै राकेश चौधरी पनि स्वदेशमै बसेर आफ्नो बुवाको फर्निचर उद्योगलाई आधुनिक बनाएर सञ्चालन गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “मैले व्यवस्थापन कक्षा १२ को परीक्षा दिएको छु ।”

सञ्जाल र चौधरी मात्र होइन, बर्दियाको गेरुवा गाउँपालिकाकी लक्ष्मी चौधरीले पनि स्वदेशमै कम्प्युटर डिजाइनिङमा काम खोज्ने बताउनुभयो । १८ वर्षीया चौधरीले पनि व्यवस्थापन पढिरहेको बताउनुभयो ।

“नेपालमा रोजगारीको अवसर हुन्न भन्ने सुनेर धेरै युवा बिदेसिने गर्छन्, तर हामीले क्यारियर काउन्सिल कार्यक्रममा अवसरै अवसर देख्यौ” सञ्ज्यालले भन्नुभयो । धनगढीमा भएको तीन दिने क्यारियर काउन्सिल कार्यक्रममा प्रशिक्षक निरिञ्जना भट्ट र चेतना बोहराले नेपालमा भएका रोजगारीका सम्भावना बारेमा प्रशिक्षण दिनुभएको थियो ।

आयोजक सेवक नेपाल कैलालीका अध्यक्ष पवन भण्डारीका अनुसार गुड नेवर्स इन्टरनेशनल नेपालको सहयोगमा भएको सो कार्यक्रममा बर्दिया, कैलाली, डोटी, बाजुरा र दार्चुलाका ५३ जना युवा युवतीको सहभागिता थियो ।

सो अवसरमा बालबालिकाको लक्ष्य बनाउने, उनीहरूका कमजोरी पत्ता लगाउने, क्षमता, सिर्जनशीलता बढाउने र निर्णय लिन सक्ने गरेर विभिन्न अभ्यास गरिएको आयोजकले जनाएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter