अख्तियारद्वारा एक वर्षमा ७६० जनाविरुद्ध मुद्दा दायर
काठमाडौं, साउन १ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गएको आर्थिक वर्षमा विभिन्न अभियोगमा ७६० जनाविरुद्ध मुद्दा दायर गरेको छ ।
आर्थिक वर्ष २०७९/८० मा दायर भएका १६२ वटा मुद्दामा प्रतिवादीको सङ्ख्या ७६० रहेको जानकारी आयोगका प्रवक्ता भोला दाहालले दिनुभयो ।
जसमध्ये विशिष्ट श्रेणीका राष्ट्रसेवक कर्मचारी एक, अन्य राष्ट्रसेवक कर्मचारी ३५५, बिचौलिया तथा मतियारलगायत अन्य १७८ जना छन् । यसैगरी, निर्वाचित र मनोनीत पदाधिकारी २२६ जना छन् । कुल ७६० जनाविरुद्ध एक अर्ब ७७ करोड ५८ लाख ४६ हजार ४३४ रुपियाँ बिगो माग दाबी गरिएको छ।