खाद्यन्न बोकेका ४० गाडी हुम्ला आउँदै

राजन रावत / हुम्ला, भदौं ३ गते । खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडले काठमाडौंबाट रसुवाको केरुङ नाका हुँदै तिब्बती मार्ग भएर हुम्लाका लागि खाद्यन्न बोकेका गाडी आइतबार काठमाडौंबाट छुटेका छन् । जिल्लामा खाद्यन्नको समस्या भएको बेला लिमिटेडले चार हजार क्विन्टल खाद्यन्न पठाएको हो ।

लिमिटेड हुम्ला शाखाका प्रमुख कृष्णप्रसाद अधिकारीले जिल्लामा खाद्यन्न समस्या देखिएका बेला केरुङ नाका हुँदै तिब्बती मार्गबाट हिल्सादेखि सिमकोटसम्म सो चामल चालीस वटा गाडीमा ढुवानी गरी हुम्ला ल्याउन लागिएको बताउनुभयो ।

यसअघि ढुवानीको जिम्मा पाएको सप्लायर्सले काठमाडौंमा लिमिटेडबाट खाद्यन्न बुझेर गाडी लोड गरिएको र तिब्बती मार्गबाट ढुवानी गर्न प्रक्रिया मिलाएर खाद्यन्न लोड गाडी हिडेको बताउनुभयो । उक्त खाद्यन्नमध्ये एक हजार क्विन्टल नाम्खा गाउँपालिकाको केन्द्रको बिक्री केन्द्रका लागि र तीन हजार क्विन्टल सिमकोट शाखाको लागि ढुवानी गरिएको उहाँको भनाइ छ ।

सो मार्गबाट आउनु पर्ने सो खाद्यन्न अघिल्लो आर्थिक वर्षको खाद्यन्न हो । तिब्बती मार्ग भएर ढुवानी भएर आउने खाद्यन्न हवाइमार्गको खाद्यन्नभन्दा ढुवानीदर सस्तो पर्नेछ । उहाँले काठमाडौं, केरुङ, तिब्बत र हिल्सा हुँदै सिमकोट पुग्ने खाद्यन्न प्रतिक्विन्टल सात हजार पाँच सय, नाम्खा गाउँपालिकाको याल्वाङसम्म ढुवानी हुने प्रतिक्विन्टल खाद्यन्न चार हजार आठसय रुपियाँ ढुवानी लाग्नेछ ।

जबकि नेपालगञ्जबाट हवाई मार्गबाट ढुवानी हुने खाद्यन्नको हवाइ भाडा प्रतिक्विन्टल १६ हजार लाग्ने गर्छ भने सुर्खेतबाट प्रतिक्विन्टल १५ हजार पाँचसय रपियाँ लिमिटेडले तिर्दैआएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter