प्रदिप गिरिको अभाव आउने पुस्तालाई खड्किने छ : प्रधानमन्त्री प्रचण्ड

जीवछ यादव / लहान, भदौ २२ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजावादी चिन्तक प्रदिप गिरिको आवश्यक्ता आउने पुस्तालाई पनि खड्किरहने बताउनुभएको छ । प्रदिप गिरि मेमोरियल ट्रष्टले आयोजना गरेको प्रदिप गिरिको प्रथम वार्षिकी कार्यक्रमलाई लहान–१४ मा उहाँको पूर्ण कदको शालिकलाई अनावरणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो ।

सदा जीवन उच्च विचारका चरित्र अंगालेको गिरिले माओवादीले उठाएको मागलाई आतङककारी नभनी राजनीतिक एजेन्डा भएको भनिरहने एक आदर्श नेताको रुपमा उहाँलाई लिएको प्रधानमन्त्री प्रचण्डले बताउनुभयो ।

‘‘आउने पुस्तालाई समेत गिरिको उच्च समाजवादी विचार र दर्शन ज्ञानको रुपमा समर्थक रहने छ । गरिब, दलित उत्पीडित जनताको पक्षमा सधै सदनमा बोल्ने र कलम चलाउने गिरीको सम्झनामा लहानमा मेडिकल अस्पताल र लहान नेपालटार राजमार्ग निर्माणको कार्यलाई अघि बढाउने छौं’’, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो ।

प्रदिप गिरीसँग केही वर्ष अगाडि एक धार्मिक सांस्कृतिक कार्यक्रममा लहान आएको प्रसंगसमेत प्रधानमन्त्री प्रचण्डले सुनाउनुभयो ।

सिरहा जिल्लाले दोस्रो संविधान सभाको निर्वाचनमा चुनाव जिताएर प्रधामन्त्रीसमेत बनाएको भन्दै प्रचण्डले जिल्लाले लगाएको गुण तिर्न यसपटक जिल्लाको लागि शिक्षा स्वास्थ्य कृषि र पूर्वाधारको क्षेत्रमा काम गरेर प्रदिप गिरिको सपना सकार गरिने विश्वास दिलाउनुभयो ।

वार्षिकी सभामा अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रदिप गिरिले स्थापना गरेको लहान–१४ वस्तीपुरको आश्रममा उहाँ जिउँदै हुँदा आएको स्मरण गर्नुभयो ।

अश्रमलाई विचारको मन्थन र आध्यात्मिक चिन्तनको लागि अध्ययन केन्द्रको रुपमा विकास गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । अर्थमन्त्री महतले भन्नुभयो, ‘‘उहाँको जीवनकालमा आफू धेरै सिकेको छु । उहाँको सपनालाई सकार गर्नको लागि पछाडि परेको समुदायहरुलाई मूलधारमा ल्याउन शिक्षा स्वास्थ्य र कृषिको क्षेत्रमा सरकार काम गरिरहेको छ ।’’

परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले आफू नेपाल विद्यार्थी संघको राजनीतिदेखि नै नेता गिरिको अनुयायी रहेको बताउनुभयो । गिरी पार्टीको विचारभन्दा मुलुकको विचारलाई प्राथमिकतामा राख्ने नेता रहेको स्मरण गर्नुभयो ।

जवाहरलाल नेहरु विश्वविद्यालय भारतमा पढ्दा प्रध्यापक आनन्द कुमारले गिरि नेपालको लोकतान्त्रिक र समाजवादी आन्दोलनको चेहरामात्रै नभएर भारतको समाजवादी आन्दोलनमा समेत भूमिका खेलेको बताउनुभयो ।

कार्यक्रममा पूर्व मन्त्रीहरु पदम नारायण चौधरी र मातृकाप्रसाद यादव, अजय शंकर नायक, सीतादेवी यादव मधेश प्रदेशका उद्योगमन्त्री सुनिता यादवले प्रदिप गिरिको सपना सकार गर्न वर्तमान सरकारले समाजवादी कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो ।

लहान नगरपालिका प्रमुख महेशप्रसाद चौधरीले लहानमा प्रदिप गिरी मेडिकल कलेज र लहान नेपालटार प्रदिप गिरी मार्ग निर्माण गरी लहानको आर्थिक समृद्धिको लागि ध्यान आकर्षित गराउँदै स्वागत गर्नुभएको थियो ।

प्रदिप गिरिका पत्नी भारतीय सिलवालको अध्यक्षतामा गठित प्रदिप गिरि मेमोरियल ट्रष्टले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुभन्दा अगाडि प्रधानमन्त्री प्रचण्ड, अर्थमन्त्री महत र परराष्ट्रमन्त्री साउदले सामूहिक रुपमा वृक्षारोपण र गिरिले अध्ययन गर्नुभएको पुस्तकालयको निरिक्षण गर्नुभएको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter