अब गैर आवासीय नेपालीलाई नागरिकता प्रमाणपत्र

काठमाडौं, असोज ५ गते । नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० राजपत्रमा प्रकाशित भए बमोजिम गैर आवासीय नेपाली नागरिकता प्रमाणपत्रको नयाँ व्यवस्था लागू भएको छ ।

गृह मन्त्रालयले असोज ४ गते बिहीबार राजपत्रमा प्रकाशन गरेको सूचना अनुसार सो व्यवस्था कायम भएको मन्त्रालयका उपसचिव एवम् नागरिकता तथा राष्ट्रिय परिचयपत्र शाखा प्रमुख कृष्णबहादुर कटुवालले जानकारी दिनुभयो ।

उहाँका अनुसार पछिल्लो प्रकाशित राजपत्रमा गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र र विदेशी बुवाको हकमा नेपाली आमाको सन्तानलाई अंगिकृत नागरिकता उपलब्ध गराउने मुख्य दुई विषय नयाँ छन् ।

उहाँले भन्नुभयो, “नयाँ भनेको एउटा एनआरएन सम्बन्धी नागरिकता दिने हो । अर्को नेपाली आमा र विदेशी बुवा हुँदा अंगिकृत नागरिकता दिने भन्ने मुख्य मुद्दा हो ।”

यो अवस्थमा विदेशी बुवा भएको हकमा नेपाली आमाले विदेशी नागरिकता नलिएको स्वघोषणा गर्नुपर्ने उहाँको भनाइ छ ।

गैर आवासीय नेपाली नागरिकताको प्रमाण पत्रको हकमा राजनीतिक तथा प्रशासनिक अधिकारबाहेकका सम्पूर्ण अधिकार प्रयोग गर्ने भन्ने व्यवस्था रहेको छ ।

उहाँले आमा–बुवा दुवै नेपाली भएको हकमा आमाको नामबाट स्वतः नागरिकता उपलब्धता हुने बताउनुभयो।

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter