श्रीलंका बन्ने त्रासले अर्थतन्त्रमा समस्या : अध्यक्ष ढकाल

काठमाडौँ कात्तिक १८ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले श्रीलंकाको त्रासबाट आर्थिक र मौद्रिक नीतिमा कडाई गरिएकाले अर्थतन्त्रमा समस्या आएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १५ औं वार्षिकोत्सवमा सम्बोधन गर्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् ।

उनले अहिलेको समस्या समाधान गर्न सामान्य अवस्थाको नीतिगत सुधारले नहुने भन्दै बृहत सोचका साथ नीति परिवर्तन आवश्यक रहेको बताए । ढकालले बजारलाई चलायमान बनाउन विश्वासको वातावरण बनाउनुपर्ने बताए ।

‘अहिले सबैभन्दा धेरै पर्यटक भित्रिएका छन् । बैंकमा लिक्युडीटी पनी बढ्दो छ,’ ढकालले भने, ‘सरकारले व्यवसायी र सर्वसाधरणमा विश्वासको वातावरण बनाउन सहयोग पुर्याउनु पर्छ ।’ यस्तै, आज कर्णालीमा गएको भूकम्पका प्रभावितलाई राहत वितरण गर्ने समेत ढकालले बताएका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter