जाजरकोट र रुकुममा एमालेले १ हजार स्वयंसेवक खटाउने; चिनियाँ सेनाका २ वटा जहाजमा आएको राहत सामग्री गृहमन्त्री श्रेष्ठलाई हस्तान्तरण

काठमाडौँ , कात्तिक २२ गते । नेकपा एमालेले जाजरकोट र रुकुम पश्चिका भूकम्प पीडितको आवास निर्माणमा एक हजार स्वयंसेवक खटाउने भएको छ । आवास निर्माणका लागि आगामी मंसिर १ गतेबाट एक हजार स्वयंसेवक पार्टीले खटाउने सचिवालय बैठकले निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

‘एक हजार स्वयं सेवकहरु मंसिर एक गतेबाट खटिनुहुनेछ । हामी ५ हजार कार्यदिनभन्दा बढी हामी त्यहाँ खट्नेछौ’, ज्ञवालीले भने, ‘त्यो एक करोड भन्दा बढीको श्रम हुनेछ । जसमा हजारौ अस्थाई आवास बनाएर नागरिकहरुलाई न्यानो प्रदान गर्नेछौ ।’ स्वयंसेवक संयोजनको काम एमाले कर्णाली प्रदेशले गर्नेछ ।

प्रधानमन्त्री दैवी प्रकोप कोषमा ५ करोड ९५ लाख रकम जम्मा

प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा पाँच करोड ९५ लाख रुपैयाँ जम्मा भएको छ । यो रकम गत आइतबारदेखि मंगलबारसम्मको हो ।

जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका पीडितलाई राहत सहयोगका लागि सरकारले देश र विदेशमा रहेका नेपालीलाई सहयोगका लागि अपिल गरेको थियो ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको आर्थिक प्रशासन शाखाका प्रमुख सूर्य भण्डारीका अनुसार मंगलबारसम्म बैंकमा जम्मा भएको रकम ५ करोड ९५ लाख रुपैयाँ हो । उनका अनुसार सहयोगी दाताहरुबाट प्रधानमन्त्रीलाई हस्तान्तरण भएको चेक सम्बन्धित बैकमा क्लियरेन्सका लागि पठाइएको छ । उनले भने,‘ हामीले तोकेको बैंकहरुका खातामा अहिलेसम्म जम्मा भएको रकमको विवरण यही हो, थुप्रै चेकहरु आएका छन्, बैंकमा क्लियरेन्सका लागि पठाएका छौँ ।’

सरकारी कर्मचारीको तलब काटिने

भूकम्प पीडितलाई सहयोगार्थ सरकारी कर्मचारीको तलब कट्टा हुने भएको छ । मन्त्रिपरिषद्को निर्णय अनुसार सहसचिवदेखि मुख्यसचिवसम्मको तीन दिनको, शाखा अधिकृतदेखि उपसचिवसम्मको दुई दिनको र यस मुनिका तहका कर्मचारीको एक दिनको तलब कट्टा गरिने भएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आर्थिक प्रशासन शाखा प्रमुख भण्डारीका अनुसार तलब कट्टाका लागि सम्बन्धित कार्यालयहरुलाई मन्त्रालयमार्फत जानकारी गराइसकेका छ ।

चिनियाँ सेनाका २ वटा जहाजमा आएको राहत सामग्री गृहमन्त्री श्रेष्ठलाई हस्तान्तरण

जाजरकोट र रुकुमका भूकम्प पीडितका लागि राहत बोकेर २ वटा चिनियाँ जहाज पोखरा आइपुगेका छन् ।

जहाजमार्फत आएका राहत सामग्री नेपालका लागि चिनियाँ राजदूत छन् सोङले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हस्तान्तरण गरे ।

कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल र चीनको सम्बन्ध सार्वभौमसत्ताको सम्मान र आपसी हितमा आधारित रहेको र संकटको बेलामा सधैं साथ दिएको भन्दै चिनियाँ सरकारलाई दिए ।

चिनियाँ जनमुक्ति सेनाका २ वटा जहाज १ लाख ७९ हजार किलो राहत सामग्री लिएर पोखरा विमानस्थल अवतरण गरेका हुन् । विमानमा ६ सय थान टेन्ट र ४६ सय थान ब्ल्यांकेटसहितका सामग्री आएको हो ।

उक्त राहत सामग्री नेपाली सेनाको स्काइ ट्रकले यहाँबाट भूकम्प प्रभावित क्षेत्रमा पुर्‍याउने छ । आवश्यकताका आधारमा सामग्री पोखराबाट पठाइने छ ।

गृहमन्त्रीको सचिवालयका अनुसार केरुङ नाका हुँदै चिनियाँ सरकारले झन्डै १० करोड बराबरको २३ ट्रक छुट्टै राहत सामग्री पठाएको छ, जसमा दुई हजार तीन सय टेण्ट, दुई हजार ब्लाङ्केट, सात सय टर्पलिन, पाँच सय वटा महामारी रोक्ने स्पेयर र साढे १० हजार वटा लामखुट्टे मार्ने औषधिहरू छन् । ती सामग्री आज बिहान काठमाडौं आइपुगेका छन् । सबै राहत सामग्री तत्काल प्रभावित क्षेत्रमा पठाइने गृह मन्त्रालयले जनाएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter