प्रिमनसुन : काठमाडौँसहित देशभर चट्याङसहित वर्षा

काठमाडौँ, फागुन २० गते। सङ्घीय राजधानी काठमाडौँसहित देशभर प्रिमनसुन वर्षा भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार देशभर बदली रहनाका साथै देशका विभिन्न स्थानमा वर्षा भएको हो।

महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार आइतबार कोशी प्रदेश र मधेस प्रदेशको पूर्वी भू-भागबाहेक देशभर वर्षा भएको छ। प्रिमनसुन सुरु भएपछि पहिलोपटक काठमाडौँसहित देशभर वर्षा भएको हो।

मौसमविद् पुडासैनीले भन्नुभयो, “मार्च १ तारिखदेखि नै प्रिमनसुन सुरु भइसकेकाले यो प्रिमनसुन वर्षा हो। आज प्रिमनसुन गतिविधि पनि देखियो, चट्याङसहित वर्षा भएको छ।”

प्रिमनसुनमा विशेष गरेर बिहानदेखि मध्याह्नसम्म घाम लाग्ने अपराह्नतिर बदली हुनाका साथै मेघगर्जन/चट्याङसहित वर्षा हुने मौसमविद् पुडासैनीको भनाइ छ।

मार्च, अप्रिल र मे महिनालाई प्रिमनसुन महिना मानिन्छ। नेपालमा सामान्यतया: मनसुन भित्रिने समय जुन १० तारिख भए पनि कुनै वर्ष केही दिन ढिलो वा चाँडो मनसुन भित्रिने गरेको मौसमविद्को भनाइ छ। अघिल्लो वर्ष जुन १४ तारिखमा नेपालमा मनसुन भित्रिएको थियो।

महाशाखाका अनुसार बागमती प्रदेश, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षा भएको छ। आइतबार देशभरका धेरै स्टेसनहरूमा वर्षाको रेकर्ड भएको मौसमविद् पुडासैनीले बताउनुभयो।

नेपालमा पश्चिमी वायुको प्रभाव पनि कायमै छ। सोमबारदेखि मौसममा क्रमिक सुधार हुनेछ। देशका पहाडी भेगका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ। रासस

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter