सर्वोच्चद्वारा दुर्गा प्रसाईँको पक्षमा रिट जारी; बीएण्डसी मेडिकल कलेजले एमबिबिएस अध्यापन गराउन पाउने बाटो खुला
काठमाडौं, चैत १२ गते । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँको पक्षमा रिट जारी गरेको छ । सोमबार सर्वोच्चका न्यायाधीशद्वय कुमार चुँडाल र शारङ्गा सुवेदीको संयुक्त इजलासले रिट जारी गरेको हो ।
मेडिकल व्यवसायी प्रसाईँले मेडिकल कलेज सञ्चालन गर्न पाउनुपर्ने माग राखी सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।
झापाको बिएण्डसी मेडिकल कलेजको तर्फबाट दायर रिटमा सर्वोच्चका न्यायाधीशद्वय कुमार चुडाल र शारंगा सुवेदीको संयुक्त इजलासले रिट जारी गरेको हो । सर्वोच्च अदालतले रिट निवेदककै पक्षमा रिट जारी गरेकाले अब दुर्गा प्रसाईँको लगानीमा रहेको झापाको बीएण्डसी मेडिकल कलेजले एमबिबिएस अध्यापन गराउन पाउने बाटो खुलेको छ ।
मेडिकल शिक्षा अध्यापनका लागि सरकारबाट एलओआई पाएर संरचना निर्माण गरे पनि सरकारले अनुमति नदिएको भन्दै झापाको बीएन्डसी मेडिकल कलेजको तर्फबाट व्यवसायी दुर्गा प्रसाईँले सर्वोच्चमा रिट दायर गरेका थिए ।
सोमबार रिट जारी भएपनि संक्षिप्त आदेश नआएको कारण फैसलामा के कुरा उल्लेख भएको छ भन्ने स्पष्ट छैन । यद्यपि निवेदककै पक्षमा रिट जारी भएकाले अब कानुनी प्रक्रिया पूरा गरेर मेडिकल कलेज सञ्चालन गर्ने बाटो भने खुलेको छ ।