अख्तियारले पहिलो पटक सम्पत्ति शुद्धीकरणमा दाबी गर्दै दायर गर्‍यो मुद्दा

काठमाडौँ, भदौ २७ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पहिलो पटक सम्पत्ति शुद्धीकरण अभियोग समेत दाबी गरेर मुद्दा दायर गरेको छ। अख्तियारले लुम्बिनी विकास कोषका इन्जिनियर एवं पूर्वयोजना प्रमुख सरोज भट्टराई र उनकी आमा जनक नन्दनी भट्टराईविरुद्ध सम्पत्ति शुद्धीकरणको दाबी लिएको हो ।

सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको ऐनले सम्पत्ति शुद्धीकरण विभागको मुद्दा दायर गर्ने अधिकार जिल्ला सरकारी वकिल कार्यालयलाई दिएको छ । यो मुद्दा जिल्लामा दर्ता हुने कानुनी व्यवस्था छ । यसअघि विशेष अदालतमा सम्पत्ति शुद्वीकरण विभागले दर्ता गर्ने गरेको थियो । पहिलोपल्ट अख्तियारले नै यो मुद्दा दायर गरेको हो ।

सम्पत्ति शुद्धीकरणसँगै भ्रष्टाचारको दाबी पनि अभियोगपत्रमा गरिएको छ । भट्टराईविरुद्ध दोस्रो भ्रष्टाचार मुद्दा हो ।

लुम्बिनी विकास कोषका इन्जिनियर सरोज भट्टराईविरुद्ध अख्तियारले यसअघि पनि भ्रष्टाचार मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा विशेषले दोषी ठहर गरेको छ । पहिलो मुद्दामा विशेषले भट्टराईलाई ६ वर्ष कैद सजाय सुनाइको थियो । भट्टराईविरुद्ध बिहीबार १ करोड ८५ लाख रुपैयाँ घुस लिएको दाबी गरिएको छ ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter