सर्बाेच्च अदालतकाे आठवटै इजलासमा मंगलबार पनि सुनुवाइ भएन
काठमाडौं,कात्तिक ९ गते । मन्त्रिपरिषद् विस्तारका बिषयामा उत्पन्न विवादका कारण सर्वाेच्च अदालतबाट हुने न्याया सम्पादन प्रभावित भएकाे छ । विवादका कारण मंगलबार पनि सर्वोच्च अदालतमा इजलास बस्न सकेको छैन ।
अदालतका प्रवक्ता बाबुराम दाहालले दिएको जानकारी अनुसार आज सात वटा संयुक्त, र एकल इजलास तोकिएको थियो । तर, यी कुनै पनि इजलासमा अपरान्नसम्म कुनै सुनुवाई नभएको उहाँको भनाइ छ ।