सर्वोच्चमा गोला प्रक्रियाबाट पेशी व्यवस्थापन गर्न बाटाे खुल्याे
काठमाडौं, मङ्सिर ६ गते । सर्वोच्च अदालतमा स्वचालित पेशी प्रणाली लागू हुने भएको छ । सोमबार सर्वोच्च अदालतले राजपत्रमा प्रकाशित रहेको संशोधित नियमावलीमा गोला प्रक्रियाबाट पेशी व्यवस्थापन गर्नेबारेमा विस्तृत विवरण उल्लेख छ । यो नियमावली पूर्ण बैठकको निर्णय बमोजिम सर्वोच्चले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको मितिदेखि प्रारम्भ हुने जनाएको छ ।
गोला प्रक्रिया सञ्चालन गर्ने प्रमुख जिम्मेवारी सर्वोच्चका मुख्य रजिष्टारलाई दिइएको छ भने सबैभन्दा महत्वपूर्ण जिम्मेवारी सर्वोच्च प्रशासनले पाएको छ ।
जपत्रमा सूचना प्रकाशित भएसँगै गोलाप्रथाबाट पेसी तोक्ने कानुनी बाटो खुलेको हो । सर्वोच्चको ‘फुलकोर्ट’ बैठकले गोला प्रथा लागू हुने मिति तय गर्ने सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार गोला प्रथा लागू हुने मिति तय भएपछि पेशी व्यवस्थापनको बाटो अलि सहज हुन्छ । साथै प्रविधिक पक्ष निर्देशिका बमोजिम हुने उहाँले बताउनुभयो ।