महाअभियोगविरुद्धको मुद्दामा कागजात झिकाउन सर्वोच्चको आदेश

काठमाडौं, वैशाख २ गते । सर्वोच्च अदालतले प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरामाथिको महाभियोगविरुद्धको सुनुवाइ गर्दै कागजात झिकाउन आदेश दिएको छ ।

शुक्रबार कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीश ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत र तेजबहादुर केसीको संवैधनिक इजलासले सो आदेश दिएको हो ।

सर्वोच्चका प्रवक्ता विमल पौडेलका अनुसार महाभियोगविरुद्ध परेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै कागजात झिकाउन आदेश दिएको हो ।

अधिवक्ता डा. पुण्यप्रसाद खतिवडाले फागुन ११ गते प्रधानन्यायाधीश जबराविरुद्ध सर्वोच्चमा रिट निदेशन पेश गर्नुभएको थियो । खतिवडाको रिट निवेदनमाथि शुक्रबार सुरुवाती सुनुवाइ भएको हो ।

त्यस्तै, संवैधनिक इजलासले अधिवक्ता त्रिलोकबहादुर चन्दले पेश गर्नुभएको अर्को रिट निवेदनलाई साथै राख्ने आदेश दिएको छ । चन्दले फागुन १३ गते सर्वोच्चमा रिट निवेदन पेश गर्नुभएको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter