लक्ष्यअनुसारको मतपत्र छपाई सम्पन्न, ६५ जिल्लामा ढुवानी

काठमाडौं, वैशाख २० गते । यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि निर्वाचन आयोगले लक्ष्यअनुसारको मतपत्रको छपाई सम्पन्न गरेको छ । निर्वाचनमा १ करोड ९४ लाख मतपत्र आवश्यक पर्ने आयोगको बुझाई छ ।

आयोगको उपसचिव ऋषिराम भुषालकाअनुसार लक्ष्यअनुसारको मतपत्र छपाई कार्य सम्पन्न गरी केही पालिकाको पुनः छाप्नुपर्ने मतपत्रको छपाई कार्य भइरहेको छ । पुनः छपाई भइरहेको मतपत्र पनि अव केही दिनमा सम्पन्न हुने उहाँले जानकारी दिनुभयो ।

आयोगले अहिलेसम्म ६५ जिल्लामा मतपत्र ढुवानी गरिसकेको जनाएको छ । आयोगका मुद्रण अधिकृत बाबुराम कोइरालाकाअनुसार अब मधेस प्रदेशका ८ जिल्ला, बागमति प्रदेशको चितवन र प्रदेश १ को मोरङमा मात्र मतपत्र ढुवानी गर्न बाँकी रहेको छ । आउने शुक्रबारसम्म सबै जिल्लामा मतपत्र ढुवानी भइसक्ने आयोगले जनाएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter