मेलम्चीको पानी सुन्दरीजल आयाे : दैनिक १७ करोड लिटर वितरण हुने

काठमाडौं, मङ्सिर १९ गते । वर्षाका कारण बन्द गरिएको मेलम्चीको पानी आज काठमाडौंको सुन्दरी जलमा आइपुगेको छ ।

सुरूङमा पथान्तरण गरिएको एक हप्तापछि मेलम्चीको पानी सुन्दरीजल आइपुगेको जानकारी मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक कमल राज श्रेष्ठले दिनुभयो । मेलम्चीबाट सोमबार मात्रै पानी सुरुङमा पठाइएको थियो ।

कार्यकारी निर्देशक श्रेष्ठले भन्नुभयो, ‘‘निर्धारित समयमा नै वितरणको लागि पठाइनेछ। अब दैनिक १७ करोड लिटरका दरले लगातार ६ महिनासम्म खानेपानी आपूर्ति हुनेछ।’’

यसैगरी,आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले पानी अहिले सुन्दरीजल आइरहेको छ भन्नुभयो ।

मेलम्चीको पानी काठमाडौँ उपत्यकामा बाह्रै महिना वितरणका लागि आवश्यक प्रक्रिया तत्काल कार्यान्वयनका लागि अगाडि बढिरहेको समेत जानकारी दिइएको छ ।

वि। सं २०७८ असार १ को बाढीले आयोजनाको बाँध र हेडवर्क्समा क्षति पुर्‍याएपछि मर्मत गरी २०७९ वैशाख ११ गतेदेखि जेठ तेस्रो सातासम्म काठमाडौँमा पानी वितरण गरिएको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter