रेशम चौधरीको जन्मकैद सजाय सर्वोच्चद्वारा सदर

काठमाडौं, जेठ २ गते । सर्वोच्च अदालतले कैलालीको टीकापुर घटनामा दोषी रेशमलाल चौधरीलाई जन्मकैदको सजाय हुने जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलको फैसला सदर गरेको छ ।

मङ्गलबार सर्वोच्चका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले चौधरीलाई जन्मकैदको सजाय हुने फैसला गरेको हो ।

सोही मुद्दाका आरोपी सिताराम चौधरी र गंगाराम चौधरीले सफाइ पाएका छन् । लक्ष्मण थारुको हकमा भने जिल्ला अदालत कैलालीले ठहर गरेअनुसार तीन वर्षको कैद भुक्तान गर्नुपर्ने भएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter