प्रतिनिधिसभामा पेश भयो ‘विद्युत विधेयक २०८०’
काठमाडौं, असोज १८ गते । प्रतिनिधिसभा बैठकमा उर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री शक्तिबहादुर बस्नेतले ‘विद्युत विधेयक, २०८०’ पेश गरेका छन् ।
बिहीबार बसेको बैठकमा सो विधेयक पेश गर्दै मन्त्री बस्नेतले विद्युत विकासको महत्व र आवश्यकतालाई ध्यान दिँदै विद्युत उत्पादन, वितरण र प्रशारण, विद्युत निर्यातलाई ध्यान दिँदै आम नेपालीमा विद्युतको पहुँचलाई सुनिश्चित गर्ने उदेश्यले विधेयक आएको बताए ।
आर्थिक विकासको पूर्वाधार थप सुदृढ गर्ने, आर्थिक क्षेत्रमा योगदान पुर्याउने ध्येयका साथ विधेयक पेश गरेको बताए ।