छठ पर्व: अस्ताउँदो सूर्यलाई अर्घ दिइयो; छठ पूजा गर्न राष्ट्रपति पौडेल काठमाडौँका छठ घाटमा

जनकपुरधाम, मंसिर ०३ गते । छठ पर्वका तेस्रो दिन व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन् । छठ पर्वको मुख्य दिन कात्तिक शुल्क षष्टिमा अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिने चलन छ ।

छठ कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व हो । तराई मधेसका जिल्लाहरुमा खोला, नदी, तलाउ, पोखरीमा विशेष सजिसजाउ गरी धूमधामका साथ पूजा आराधना भइरहेको छ ।

व्रतालु पुरुष तथा महिलाहरूले खोला किनारमा पूजा गरी अस्ताउँदै गरेको सूर्यलाई आइतबार अर्घ दिएका छन् ।

छठ पूजा गर्न राष्ट्रपति पौडेल काठमाडौँका छठ घाटमा

राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँको गौरीघाट र कमलपोखरी पुगेर छठ पूजा गरेका छन् ।

राष्ट्रपति पौडेल आइतबार अपराह्न गौरीघाट र कमलपोखरी पुगेर छठी माताको दर्शनसहित पूजाआजा गरेका हुन् । छठमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर पूजा गर्ने चलन छ ।

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter