वैदेशिक रोजगारीको बहानामा लाखौँ ठगी गरेका चार जना पक्राउ

काठमाडौँ, पुस १८ गते । बेरोजगार युवालाई वैदेशिक रोजगारीमा पठाउने बहानामा लाखौँ ठगी गरेका चार जना पक्राउ परेका छन् । करोमानिया पठाइदिन्छु भन्दै २१ लाख ३६ हजार ठगी गरेको अभियोगमा दोलखा मेलुङ गाउँपालिका-२ घर भई काठमाडौँ महानगरपालिका-२४ बाङ्गेमुढा बस्ने ५० वर्षीय ढालबहादुर बुढाथोकी पक्राउ परेका छन् ।

अभियुक्त बुढाथोकीले १४ जना युवालाई वैदेशिक रोजगारीका लागि रोमानिया पठाई फुड प्याकिङमा मासिक एक लाख तलब प्राप्त हुने प्रलोभनमा पारी पटक-पटक गरेर उक्त रकम ठगी गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

यसैगरी कतार पठाइदिन्छु भन्दै दुई लाख ९४ हजार ठगी गरेको अभियोगमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-१ का कैलाश गिरीलाई पक्राउ गरिएको छ । निजले वैदेशिक रोजगारीका लागि कतार पठाइ दिने र मासिक ८० दिलाउने भन्दै उक्त रकम ठगेका हुन् ।

यसैबिच, स्लोभेनिया पठाइदिने बहानामा दुई लाख ८० हजार ठगी गरेको अभियोगमा धादिङका जयराज शाही र गोरखा चुमनुव्री गाउँपालिका-४ की ३५ वर्षीया छिमी सुनिनलाई पक्राउ गरिएको छ । सबै अभियुक्तलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग चलान गरिएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter