कक्षा १२ मा एक लाख ८७ हजार २१ विद्यार्थी अनुत्तीर्ण; मौका परीक्षा भदौ २५ र २६ गते

काठमाडौँ, साउन १८ गते । कक्षा १२ को नतिजामा एक लाख ८७ हजार २१ जना विद्यार्थी ननग्रेडिङ (एनजी) आएको छ । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार बिहान सार्वजनिक गरेको कक्षा १२ को नतिजामा तीन लाख ९० हजार ८६८ परीक्षार्थी सहभागी रहेकोमा दुई लाख तीन हजार ८४७ विद्यार्थी उत्तीर्ण भएका हुन् ।

२.८१ देखि ३.२० जीपीए प्राप्त गर्ने विद्यार्थीको सङ्ख्या ७८ हजार ७५ रहेको छ ।

२.४१ देखि २.८० जीपीए प्राप्त गर्ने विद्यार्थीको सङ्ख्या ६१ हजार ३६ रहेको छ ।

३.२१ देखि ३.६० जीपीए प्राप्त गर्ने विद्यार्थीको सङ्ख्या ४६ हजार ८९३ रहेको छ ।

३.६१ देखि ४ जीपीए ल्याउने विद्यार्थी नौ हजार ५९१ छन् ।

२.१ देखि २.४० जीपीए ल्याउने विद्यार्थीको सङ्ख्या आठ हजार दुई सय ४० छन् ।

१.६१ देखि २ जीपीए ल्याउने विद्यार्थीको सङ्ख्या १२ जना छन् ।

ग्रेडेड
२.८१ देखि ३.२० जीपीए : ७८ हजार ७५, २.४१ देखि २.८० जीपीए : ६१ हजार ३६, ३.२१ देखि ३.६० जीपीए : ४६ हजार आठ सय ९३, ३.६१ देखि ४ जीपीए : नौ हजार ५९१, २.१ देखि २.४० जीपीए : आठ हजार २४०, १.६१ देखि २ जीपीए : १२ जना छन् ।

कक्षा १२ को मौका परीक्षा भदौ २५ र २६ गते हुने

कक्षा १२ ग्रेड वृद्धि (मौका परीक्षा) आगामी भदौ २५ र २६ गते हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले पूरक परीक्षाको लागि आवेदन फारम भर्न आह्वान गरेको छ ।

बोर्डले २०८० सालको कक्षा १२ नतिजा शुक्रबार सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको नतिजा अनुसार ५२।९१ प्रतिशत विद्यार्थी ग्रेडेड (उत्तीर्ण) भएका छन् ।

दुई विषयमा एनजी (नन ग्रेडेड) आएका विद्यार्थीहरूले मौका परीक्षामा सहभागिता जनाउन पाउने बोर्डले जनाएको छ ।

सैद्धान्तिकतर्फ न्यूनतम डी वा सोभन्दा माथिल्लो ग्रेड आएका वा दुई विषयमा अनुपस्थित भएका विद्यार्थीले परीक्षामा सहभागिता जनाउन पाउनेछन् । परीक्षा बिहान ११ बजेदेखि दिउसो २ बजेसम्म सञ्चालन हुनेछ ।

एक लाख ८७ हजार २१ विद्यार्थीको नतिजा एनजी आएको छ । तीमध्ये दुई विषयमा एनजी ल्याउने विद्यार्थीको संख्या एक लाख २७ हजार ७०७ रहेको छ । उनीहरूले मौका परीक्षा दिन पाउनेछन् ।

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter