कुपोषण अन्त्यका लागि कर्णालीमा ‘इनफ अभियान’ सुरु

सुर्खेत, साउन ३१ गते । कर्णालीमा कुपोषण अन्त्य गर्न भन्दै ‘इनफ अभियान’ सुरु गरिएको छ । बिहीबार एक कार्यक्रमका बिच मुख्यमन्त्री यामलाल कँडेलले कार्यक्रमको शुभारम्भ गरेका हुन् । कँडेलले कुपोषणको अन्त्यका लागि सबै सरोकारवालासँगको सहकार्यमा काम गरिने बताए ।

कुनै बेला दरबारलाई पोसिला र मूल्यवान खाद्यान्न कोसेली पठाउने कर्णाली पछिल्लो समय कुपोषणयुक्त अवस्थामा आइपुगेको परिस्थितिलाई बदल्नुपर्ने बताए । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहले कुपोषण अन्त्यमा सरकारको ध्यान गएको बताए ।

मन्त्री शाहले कर्णाली प्रदेशमा कुपोषण अन्त्यका लागि आवश्यक बजेट मन्त्रालयबाट प्रत्येक वर्ष विनियोजन भइरहेको पनि बताए। उनले भने, ‘कृषि क्षेत्रको विकास अति आवश्यक छ । कृषिबाट उत्पादित अर्ग्यानिक र गुणस्तरीय वस्तुहरु नै कुपोषण न्यूनीकरणमा महत्त्वपूर्ण भूमिका खेल्दछ । हामीसँग भूगोल, स्रोत साधन भए पनि हाम्रो माइन् मेकअप कृषितर्फ गएको छैन । त्यसैले कर्णालीमा कुपोषणको अन्त्य गर्नका लागि कृषि क्षेत्रका विज्ञहरूले त्यतातिर ध्यान दिनुपर्छ ।’

कर्णालीमा ३६ प्रतिशत पुट्कोपन रहेको र त्यसको न्यूनीकरणमा सरकार लागिरहेको बताए । मन्त्रालयबाट आर्थिक वर्ष २०७९/०८० मा २३ करोड ३० लाख २० हजार, ०८०/०८१ म २० करोड ४८ लाख ९० हजार र चालु आर्थिक वर्षमा १४ करोड ३३ लाख ६८ हजार रकम विनियोजन भएको शाहले जानकारी गराए ।

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter