वैदेशिक रोजगारीमा पठाउने भनी लाखौँ ठगी गर्ने दुई जना पक्राउ

काठमाडौँ, साउन ३१ गते । वैदेशिक रोजगारीमा पठाउने भनी लाखौँ ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक काजी कुमार आचार्यकाअनुसार बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी इटाली, रोमानिया र दुबई लगायतका देशहरूमा पठाउने भनी ठगी गर्ने स्थायी घर सुर्खेतको चिङगाढ गाउँपालिका वडा नं. ५ भई हाल ललितपुर बस्ने ३२ वर्षीय सुरेश राना र स्थायी घर सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका वडा नं. २ भई हाल काठमाडौँ गोकर्णेश्वर बस्ने ३३ वर्षीय राजेश विष्ट पक्राउ परेका छन् ।

प्रहरीका अनुसार राना १५ लाख ९३ हजार ५०० रुपियाँ र विष्ट एक लाख ८० हजार रुपियाँ लिई सम्पर्कविहीन भएका थिए । उनीहरूमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter