अब मजबुद सरकार बन्दै छ, जेनजीका माग पूरा गर्नुपर्छ : गृहमन्त्री अर्याल

काठमाडौँ, फागुन २३ गते । गृहमन्त्री ओमप्रकाश अर्यालले अब नयाँ जनादेश प्राप्त मजबुद सरकार बन्ने भएकाले जेनजीका माग सोही सरकारले पूरा गर्नुपर्ने बताएका छन् । अब आउने सरकारले माग पूरा नगरे खबरदारी गर्ने उनको भनाइ छ ।

आफूहरु हिजो पनि सडकमा रहेकाले अब सरकारबाट बाहिरिएपछि पनि सडकमै रहने भएकाले निरन्तर खबरदारी गर्ने उनले बताए ।

‘हामी हिजो पनि सडकमा थियौँ । बीचमा परिस्थितीले कोही सरकारमा भयौँ, कोही बाहिरै रह्यौँ । जो अहिले सरकारमा छौँ, पछि फर्कने भनेको सडकमै हो,’ अर्यालले भने, ‘सडकबाट हामी सरकारलाई सहयोग पनि गर्छौँ र खबरदारी पनि गर्छौँ ।’

जेनजीले सुशासन, भ्रष्टाचार अन्त्य, र सुदृढ सेवा प्रवाहका लागि आन्दोलन गरेकाले अब त्यो छिटै संस्थागन हुने विश्वास अर्यालले गरे ।

सँगसँगै जेनजी आन्दोलनका क्रममा भएको दमनको प्रतिवेदन जाँचबुझ आयोगले बुझाएपछि त्यसको कार्यान्वयनको थालनी सरकारले थाल्ने अर्यालले बताए ।

‘अब जेनजी आन्दोलनका क्रममा भएको दमनको प्रतिवेदन जाँचबुझ आयोगले छिटै नै दिँदै छ । यो सरकारले पनि त्यो प्रतिवेदन कार्यन्वयनको लागि सुरुवात गर्छ,’ अर्यालले भने, ‘त्यसपछि आउने सरकारले पनि त्यसको कार्यान्वयन हुने पूर्ण प्रत्याभूति दिलाउँछ भन्ने हामीलाई विश्वास लागेको छ ।’

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

TOP NEWSview all

31 Nepali scientists included in the global ranking of best scientists

Nepal and Germany sign two agreements

Auspicious Timings for Dashain Tika Announced for Various Countries

Nepal Premier League to be held from November 17

Apple farming flourishes in Upper Mustang




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter