विश्वकै सबैभन्दा प्रदूषित सहरको सूचीमा काठमाडौँ पहिलो नम्बरमा

काठमाडौँ, फागुन २५ गते । वायु प्रदूषणको स्तर मापन गर्ने अन्तर्राष्ट्रिय संस्था ‘आईक्यू एयर’ पछिल्लो तथ्याङ्कअनुसार नेपालको राजधानी काठमाडौँ विश्वकै सबैभन्दा बढी वायु प्रदूषण हुने सहरको सूचीमा पहिलो स्थानमा पुगेको छ ।

पछिल्लो अपडेटअनुसार काठमाडौँको वायु गुणस्तर सूचकाङ्क १८४ पुगेको छ, जुन जनस्वास्थ्यका हिसाबले निकै ‘अस्वस्थ’ मानिन्छ । आज काठमाडौँ उपत्यकाको आकाश बाक्लो तुवाँलोले ढाकेको छ भने सर्वसाधारणले प्रत्यक्ष रूपमा प्रदूषणको महसुस गरिरहेका छन् । मानिसहरूले आँखा पोल्ने, घाँटी चिलाउने र श्वासप्रश्वासमा असहजता हुने देखिन्छ ।

काठमाडौँपछि बङ्गलादेशको ढाका १७० एक्यूआईका साथ दोस्रो र भारतको कोलकाता १६९ एक्यूआईका साथ तेस्रो स्थानमा रहेका छन् । बढ्दो सवारी साधनको चाप, सडक विस्तारका क्रममा उड्ने धुलो र पछिल्लो समय देशका विभिन्न भागमा लागिरहेको वन डढेलोका कारण काठमाडौँको हावा विषाक्त बन्दै गएको विज्ञहरूको भनाइ छ ।

विशेषगरी बालबालिका, वृद्धवृद्धा र पहिलेदेखि नै दम वा मुटुको समस्या भएका व्यक्तिहरूका लागि यो अवस्था निकै जोखिमपूर्ण रहेको चिकित्सकहरूको भनाइ छ ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

TOP NEWSview all

31 Nepali scientists included in the global ranking of best scientists

Nepal and Germany sign two agreements

Auspicious Timings for Dashain Tika Announced for Various Countries

Nepal Premier League to be held from November 17

Apple farming flourishes in Upper Mustang




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter