६ हजारभन्दा बढी सिलिन्डर लुकाएर राखेको फेला परेपछि श्रीराम ग्यास उद्योगलाई तीन लाख रुपैयाँ जरिवाना

काठमाडौं, चैत २ गते । ६ हजारभन्दा बढी सिलिन्डर लुकाएर राखेको पाइएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले श्रीराम ग्यास उद्योग ३ लाख रुपैयाँ जरिवान तिराएको छ ।
विभाग र आयल निगमको टोलीले सोमबार गरेको अनुगमनमा उद्योगले ललितपुरको हरिसिद्धिमा ६ हजारभन्दा धेरै ग्यास सिलिन्डर लुकाएको पाइएको हो ।
साथै विभागले बडिमालिका खाद्यान्न भण्डारलाई १५ हजार र दुवाडी स्टोर एण्ड मल्टी ट्रेडलाई ५ हजार रुपैयाँ जरिबाना तिराएको छ ।
अन्य १८ वटा खाद्य स्टोरलाई सामान्य निर्देशन दिएको विभागले जनाएको छ ।