निर्वाचन आयोगद्वारा समानुपातिकतर्फ निर्वाचितको सूची सार्वजनिक

काठमाडौं, चैत २ गते । निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित हुने प्रतिनिधिसभा सदस्यहरुको नामावली सार्वजनिक गरेको छ। राजनीतिक दलहरूबाट सिफारिस भएर आएका नामहरूलाई सोमबार आयोगले सार्वजनिक गरेको हो।

कुल २७५ सदस्यीय प्रतिनिधिसभामा ११० जना समानुपातिक प्रणालीमार्फत निर्वाचित हुने संवैधानिक व्यवस्था छ । १६५ जना सांसद भने प्रत्यक्ष निर्वाचित हुन्छन् । फागुन २१ गते भएको निर्वाचनबाट प्रत्यक्षतर्फ निर्वाचित भइसक्नुभएको छ ।

यस अघि पेस भएको बन्दसूचीबाट आफ्नो दललाई प्राप्त गरेको सिट कलस्टर अनुसार निर्वाचन आयोगमा पेस गरेपछि आयोगले सोमबार ११० जना निर्वाचित भएको घोषणा गरेको हो ।

आयोगका अनुसार सबैभन्दा बढी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट ५७ जना, नेपाली कांग्रेसबाट २० जना, नेकपा (एमाले)बाट १६ जना, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट ९ जना, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट ४–४ जना निर्वाचित भएका छन् ।

आयोगका अनुसार ६ दलबाट ११० जना सांसद निर्वाचित हुँदा ८२ जना महिला निर्वाचित भएका छन् । जसमा सबैभन्दा बढी रास्वपाबाट ४८ जना, दोस्रोमा नेपाली कांग्रेसबाट १५ जना, तेस्रोमा नेकपा (एमाले)बाट १० जना, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट ४ जना, श्रम संस्कृति पार्टीबाट ३ जना र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट २ जना छन्।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

TOP NEWSview all

31 Nepali scientists included in the global ranking of best scientists

Nepal and Germany sign two agreements

Auspicious Timings for Dashain Tika Announced for Various Countries

Nepal Premier League to be held from November 17

Apple farming flourishes in Upper Mustang




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter