अमेरिकी विशेष दूत गोरको नेपाल भ्रमण सम्पन्न

काठमाडौँ, वैशाख १९ गते । दक्षिण तथा मध्य एसियाका लागि अमेरिकी विशेष दूत सर्जियो गोरले नेपाल भ्रमण सम्पन्न गर्नुभएको छ । भ्रमणका क्रममा उहाँले नेपाल र संयुक्त राज्य अमेरिकाबीचको द्विपक्षीय साझेदारीलाई सुदृढ बनाउने विषयमा विभिन्न उच्चस्तरीय भेटवार्ता गर्नुभएको काठमाडौँस्थित अमेरिकी दूतावासले जनाएको छ ।

विशेष दूत गोरले भ्रमणका क्रममा परराष्ट्रमन्त्री शिशिर खनाल, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो । ती भेटमा नेपालको प्रविधि क्षेत्रमा अमेरिकी व्यावसायिक अवसरको विस्तार र व्यापारिक सम्बन्ध प्रवर्द्धन गर्ने विषयमा केन्द्रित रहेर छलफल भएको दूतावासले जनाएको छ । उहाँले नेपाली व्यवसायीसँग पनि व्यावसायिक सहकार्यका विषयमा सार्थक विचार विमर्श गर्नुभएको थियो ।

भ्रमणकै क्रममा विशेष दूत गोरले सगरमाथा आधार शिविरको अवलोकन गर्नुभयो । त्यहाँ उहाँले सगरमाथा सफाइ अभियानमा संलग्न नेपाली संस्थाका योजनाबारे जानकारी लिनुका साथै अमेरिकी ड्रोन प्रविधिको उपयोगिताका बारेमा समेत बुझ्नुभएको थियो । नयाँ ड्रोन प्रविधिको प्रयोगले सगरमाथा क्षेत्रमा सामग्री ढुवानीलाई सहज र छिटो बनाउने अपेक्षा गरिएको छ ।

विशेष दूत गोरले भन्नुभयो, “संयुक्त राज्य अमेरिका नवप्रवर्तनमा अग्रणी छ र नेपालमा अत्याधुनिक प्रविधि भित्र्याउन स्थानीय कम्पनीसँग सहकार्य गर्न पाउँदा हामी प्रसन्न छौँ ।” उहाँले नेपालको नयाँ सरकारले दुई देशबीचको साझेदारीलाई थप बलियो बनाउने विश्वास समेत व्यक्त गर्नुभयो ।

यसैगरी, विशेष दूत गोरले काठमाडौँस्थित न्हूः छेँ बहामा आयोजित एक विशेष समारोहमा सहभागिता जनाउनुभयो । सो अवसरमा संयुक्त राज्य अमेरिकाबाट फिर्ता ल्याइएको अक्षोभ्य बुद्धको मूर्ति नेपाललाई हस्तान्तरण गरिएको थियो । अमेरिकाले नेपालबाट गैरकानुनी रूपमा बाहिर लगिएका धार्मिक तथा सांस्कृतिक सम्पदा फिर्ता गर्न सदैव प्रतिबद्ध रहेको उहाँले दोहोर्‍याउनुभयो । उहाँले ऐतिहासिक भक्तपुर दरबार क्षेत्रको समेत भ्रमण गरी नेपालको समृद्ध संस्कृति र इतिहासको अनुभव लिनुभएको थियो ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

TOP NEWSview all

31 Nepali scientists included in the global ranking of best scientists

Nepal and Germany sign two agreements

Auspicious Timings for Dashain Tika Announced for Various Countries

Nepal Premier League to be held from November 17

Apple farming flourishes in Upper Mustang




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter