पर्यटकवाहक सवारी साधनको दर्ता अब अनलाइनबाटै

काठमाडौँ, वैशाख २२ गते । सरकारले स्थलमार्गबाट नेपाल भित्रिने भारतीय तथा अन्य देशका पर्यटकलाई सहज बनाउन अनलाइन सेवा सुरु गरेको छ। अर्थ मन्त्रालय मातहतको भन्सार विभागले विदेशी सवारी साधनको विवरण भर्न र राजस्व तिर्न सक्ने गरी ‘अस्थायी सवारी आयात’ (टीआईभी) प्रणाली सञ्चालनमा ल्याएको हो।

उक्त प्रणालीको अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले एक कार्यक्रमबीच शुभारम्भ गर्नुभयो। नयाँ प्रणाली कार्यान्वयनमा आएसँगै अब आफ्नै सवारी साधन लिएर आउने विदेशी पर्यटकले घरैबाट विवरण भर्न र अनलाइनमार्फत शुल्क बुझाउन सक्नेछन्। यसअघि भन्सार नाकामै पुगेर भौतिक रूपमा अस्थायी इजाजत लिनुपर्ने र नवीकरणका लागि पुनः नाकामै धाउनुपर्ने वा जरिबाना तिर्नुपर्ने बाध्यता थियो।

प्रणालीको शुभारम्भ गर्दै अर्थमन्त्री डा. वाग्लेले सीमा क्षेत्रमा पर्यटकले पाउने सास्ती अब हट्ने बताउनुभयो। “सरकारले अनुशरण गरेको सुशासन र छरितो सार्वजनिक सेवा दिने घोषणा कार्यान्वयनका क्रममा यो कार्य सुरु गरिएको हो,” उहाँले भन्नुभयो।

भन्सार विभागका महानिर्देशक श्यामप्रसाद मैनालीका अनुसार पर्यटकले आफ्नो इमेलमा प्राप्त हुने ‘क्यूआर कोड’ भन्सारमा देखाएर सहजै प्रवेश पाउनेछन्। यात्रा अवधि थप गर्नुपरेमा पनि नेपालभित्रैबाट अनलाइनमार्फत प्रक्रिया पूरा गर्न सकिनेछ।

यो सेवा लिन सेवाग्राहीले विभागको वेबसाइटमा रहेको ‘टीआईभी’ मोड्युलमा गएर विवरण भर्नुपर्नेछ। तत्कालका लागि यो सेवा विशेष गरी भारत र बङ्गलादेशबाट आउने पर्यटकका लागि बढी उपयोगी हुने विभागको विश्वास छ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

TOP NEWSview all

31 Nepali scientists included in the global ranking of best scientists

Nepal and Germany sign two agreements

Auspicious Timings for Dashain Tika Announced for Various Countries

Nepal Premier League to be held from November 17

Apple farming flourishes in Upper Mustang




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter