मनसुन प्रतिकार्यका लागि यस वर्ष २६ हजार सुरक्षाकर्मी परिचालन गरिँदै

काठमाडौँ, जेठ १२ गते । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको मनसुनमा हुनसक्ने सम्भावित विपद् प्रतिकार्यको योजना सार्वजनिक गरेको छ । कार्यकारी समितिको ३४ औँ बैठकबाट स्वीकृत कार्ययोजना प्राधिकरणले सार्वजनिक गरेको हो । वैशाख ३१ मा पूर्वाधार विकास मन्त्री सुनिल लम्साल नेतृत्वको कार्यकारी समितिले प्रतिकार्य कार्ययोजना स्वीकृत गरेको थियो ।

मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना–२०८३ अनुसार यस वर्षको मनसुनजन्य विपद्को सम्भावित जोखिम पूर्वानुमान गरेर प्रतिकार्यको लागि विभिन्न मन्त्रालय र सुरक्षा निकायको कार्यजिम्मेवारी निर्धारण गरिएको छ । प्रतिकार्यलाई प्रभावकारी बनाउन विगतको तथ्यांक विश्लेषण गरेर सम्भावित जोखिमको आकलन गरिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यसपटक विपद् प्रतिकार्यमा २६ हजार सुरक्षाकर्मी परिचालन गर्ने योजना बनाएको छ । सेना, प्रहरी र सशस्त्रका २६ हजार सुरक्षाकर्मीलाई मनसुनजन्य विपद्मा तैनाथ गर्नेगरी कार्ययोजना स्वीकृत भएको प्राधिकरणका उप सचिव रामबहादुर केसीले रातोपाटीलाई बताए । उनले भने, ‘२६ हजार सुरक्षाकर्मी मनसुन सुरु हुनासाथ फिल्डमा खटाउनेगरी कार्ययोजना स्वीकृत भएको छ ।’

विगतका विपद्का घटना र प्रभावका तथ्याङ्कहरूको विश्लेषण गरी मनसुनजन्य विपद्को सम्भावित जोखिम पूर्वानुमान गरेर प्रतिकार्यलाई प्रभावकारी बनाउन कार्ययोजना लागु गरिएको हो । क्षति न्यूनीकरण गर्न प्राधिकरणले विगतका घटना र यसपटक कहाँ मनसुनको प्रभाव रहन्छ भन्नेबारे आकलन गरेको छ ।

यस वर्ष मनसुनजन्य विपद्बाट ५१ हजार घरधुरी प्रभावित हुनसक्ने आकलन गरिएको छ । उपसचिव केसीले भने, ‘सम्भावित स्थानमा १४ हजार स्वयंसेवक परिचालन गरिँदै छ ।’

विपद् व्यवस्थापन कोषमा ७ अर्ब ५६ करोड रकम मौज्दात रहेको छ । जिल्ला, प्रदेश र केन्द्रको कोषमा रहेको सो रकम प्राधिकरणको समन्वयमा विपद् प्रतिकार्य, उद्धार तथा राहतमा खर्च गरिने छ ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

TOP NEWSview all

31 Nepali scientists included in the global ranking of best scientists

Nepal and Germany sign two agreements

Auspicious Timings for Dashain Tika Announced for Various Countries

Nepal Premier League to be held from November 17

Apple farming flourishes in Upper Mustang




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter