५ वर्षको अवधि सोचेर जग बसाउने बजेट ल्याएको अर्थमन्त्रीको दाबी

काठमाडौँ, जेठ १८ गते । अर्थमन्त्री स्वर्णिम वाग्लेले ५ वर्षको अवधि सोचेर नै जग बसाउने बजेट ल्याएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको बजेट पछिको अन्तर्क्रिया कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले बजेटमा पर्याप्त तयारी गर्ने समय नहुँदा केही विषय अर्को वर्षको बजेटले सम्बोधन गर्ने बताए ।

अहिलेको सरकार ५ वर्षको लागि भएकाले एउटा मात्रै बजेटमा सबै विषय अपेक्षा नगर्न आग्रह गरे । आगामी आर्थिक वर्षको बजेट कार्यन्यन हुँदा कुल गार्हस्थ उत्पादन (जीडीपी) ७४ खर्ब ५८ अर्ब पुग्ने बताए ।

भूकम्पपछि कुनै बजेट गार्हस्थ उत्पादनको तुलनामा ३७ प्रतिशतसम्म आएकोमा अहिले करिब २८ प्रतिशत हाराहारी मात्रै विनियोजन गरिएको बताए । अर्थमन्त्री वाग्लेले १५ खर्ब ८० अर्ब राजश्व संकलन गर्ने लक्ष्य राखेको बताउँदै ऋणमा धेरै भर नपरेको बताए । उनले जीडीपीको तुलनामा ऋण ४३ प्रतिशत बढी नहुने बताए ।

७ प्रतिशत आर्थिक वृद्धि २१ खर्ब २४ अर्बको बजेटले नभई प्रक्षेपित ७४ खर्बको जीडीपीले गर्ने बताए । उनले बजार चलायमान बनाएर ७ प्रतिशत आर्थिक वृद्धि गर्न सकिने बताए।

उनले आगामी वर्षको बजेटमा नयाँ कार्यक्रम नभए पनि पुराना कार्यक्रमको दायित्व बढी हुँदा चाप परेको बताए । ‘अहिले बुटवलबाट पोखरा जाने सडक विस्तार गर्दा ३५ अर्ब लाग्छ,’ उनले भने, ‘हामीले एक्सप्रेस वे बनाउने कि भन्ने सोचेका छौं त्यसो गर्दा १ खर्ब लागत अनुमान पुग्छ’ उनले भने ।

अर्थमन्त्री वाग्लेले विद्युतमा लगाइएको भ्याटबाट सरकार पछाडि नहट्ने बताए । उनले अन्तिम उपभोक्तालाई मारमा नपर्ने गरी विभिन्न विकल्पहरूमा छलफल भइरहेको समेत बताए । आगामी साउनदेखि नै अन्तिम उपभोक्तालाई मार नपर्ने गरी विकल्प ल्याइने उनको भनाइ छ ।

आगामी आर्थिक वर्षको बजेटमा ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने उपभोक्तालाई कर लाग्ने व्यवस्था आएपछि यसको सर्वत्र आलोचना भइरहेको छ । अर्थमन्त्री वाग्लेले बिजुलीमा भ्याट सरकारले ठूलो आँटका साथ लगाएको उनले बताए ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

TOP NEWSview all

31 Nepali scientists included in the global ranking of best scientists

Nepal and Germany sign two agreements

Auspicious Timings for Dashain Tika Announced for Various Countries

Nepal Premier League to be held from November 17

Apple farming flourishes in Upper Mustang




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter