संसद् बैठकमा अमर्यादित व्यवहार भएको विषयमा जाँचबुझ गर्न समिति गठन

काठमाडौँ, जेठ १८ गते । जेठ १७ गते आइतबारको प्रतिनिधिसभा बैठकमा केही सांसदले अमर्यादित र आपत्तिजनक व्यवहार प्रदर्शन गरेको विषयमा जाँचबुझ गर्न प्रतिनिधिसभाका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा संसदीय जाँचबुझ समिति गठन गरिएको छ ।
सभामुखसमक्ष सात दिनभित्र प्रतिवेदन पेस गर्नेगरी संसद् नियमावली २०८३ को नियम ३३ (४) अनुसार समिति गठन गरिएको सभामुख डोलप्रसाद अर्यालले संसद् बैठकलाई जानकारी गराउनुभयो ।
सोमबार बसेको संसद् बैठकमा उहाँले सो जानकारी गराउँदै समितिमा सङ्घीय संसद् सचिवालयका आन्तरिक सेवा तथा योजना व्यवस्थापन महाशाखा प्रमुख र प्रविधि व्यवस्थापन महाशाखा प्रमुख सदस्य रहने सभामुख अर्यालले जानकारी गराउनुभयो ।
त्यसैगरी प्रतिनिधिसभा नियमावलीको नियम ३१ (४) बमोजिम आवश्यक कारबाहीका लागि सिफारिस गर्न सकिने पनि सभामुखले समितिलाई जानकारी गराउनुभएको छ । प्रतिनिधिसभाको अर्को बैठक मङ्गलबार १ बजे बस्ने छ ।