चिया निर्यातको समस्या समाधान गर्न सरकार गम्भीर छ : मन्त्री चौधरी

काठमाडौँ, असार ३ गते । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले भारततर्फ चिया निर्यातमा देखिएको समस्या समाधानका लागि सरकारले गम्भीरतापूर्वक पहल गरिरहेको बताउनुभएको छ ।

बुधवार आफ्नो मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले सो कुरा बताउनुभएको हो । मन्त्री चौधरीले चिया निर्यातको समस्या समाधानका लागि प्राविधिक तथा कूटनीतिक पहल भइरहेको र त्यो सकारात्मक दिशातिर अघि बढेको जानकारी दिनुभयो । भारततर्फको निर्यातमा अवरोध आएपछि विगत तीन दिनयता इलामलगायत देशभरका चिया उद्योगीहरूले आफ्ना उद्योग बन्द गरेका छन् । मन्त्री चौधरीले चिया निर्यातमा सहजीकरण गर्न सरकार लागिपरेको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, “विगतमा जस्तै चिया निर्यात सहज बनाउन र चिया उद्योगीका समस्या समाधान गर्न मन्त्रालयले गम्भीर भएर पहल गरिरहेको छ । यस विषयमा प्राविधिक तथा कूटनीतिक रूपमा आवश्यक कदम चालिएकाले छलफल सकारात्मक दिशातिर गइरहेको जानकारी गराउन चाहन्छु ।”

त्यस अवसरमा मन्त्री चौधरीले सरकारले अघि सारेका योजनाहरू कार्यान्वयन गर्न सांसदहरूले महत्त्वपूर्ण सहयोग गर्ने विश्वाससमेत व्यक्त गर्नुभयो ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

TOP NEWSview all

31 Nepali scientists included in the global ranking of best scientists

Nepal and Germany sign two agreements

Auspicious Timings for Dashain Tika Announced for Various Countries

Nepal Premier League to be held from November 17

Apple farming flourishes in Upper Mustang




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter